सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सिक्किम एफसीलाई हराँउदै त्रिभुवन आर्मी फाईनलमा प्रवेश

२०७६ कार्तिक २३, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः त्रिभुवन आर्मी क्लब झापामा जारी ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार बिर्तामोडस्थित डोमालाल राजवंशी मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले भारतको सिक्किम एफसीलाई ‘टाइब्रेकर’मा ४-३ ले पराजित गरेको हो ।

निर्धारित् समयको खेलमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा निर्णायक बनेको हो ।

‘पेनाल्टी सुटआउट’मा सिक्किमका वीरेन प्रधान, मनोज काच्वा र करण राईलेमात्र गोल गरे । एन्थोनी क्षेत्रीको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले बचाए । विकास क्षेत्रीको प्रहार भने बारमा लाग्दै फर्किएको थियो ।

आर्मीका लागि दीपक गुरुङ, विकास तामाङ, राजीव गुरुङ र विवेक बस्नेतले गोल गरे । कप्तान टेकबहादुर बुढाथोकीको प्रहार सिक्किमका गोलरक्षक मनोज प्रधानले बचाएका थिए ।

खेलको ‘म्यान अफ दी म्याच’ आर्मीका गोलरक्षक विवश चौधरी घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार र उपविजेताले ६ लाख २५ हजार रुपैयाँको साथमा ट्रफी पाउनेछन् ।

प्रतियोगिताकै उत्कृष्ट एक खेलाडीले एकथान मोटरसाइकल पाउनेछन् । विधागततर्फ उत्कृष्ट हुनेहरुले जनही १५ हजार पाउने आयोजकले जनाएको छ ।

जायोन स्पोर्ट्स क्लब झापाले आयोजना गरेको गोल्डकपमा नेपाल र भारतका गरी १० टोलीले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फिफा विश्वकप-२०२६ का लागि ब्राजिलको २६ सदस्यीय टोली सार्वजनिक

इन्डियन प्रिमियर लिग : राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टस खेल्दै

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित

क्रिकेटः स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

क्रिकेटः स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

क्रिकेटः नेपाल र स्कटल्याण्ड भिड्दै

साहित्यिक तथा पर्यटन महोत्सवः पर्यटन प्रवर्द्धनमा जोड

सहिद हेमनारायण गोल्डकप प्रतियोगिता जेठ ८ गतेदेखि

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

साफ च्याम्पियनसिप खेल्ने नेपालको २३ सदस्यीय टोली सार्वजनिक

क्रिकेटः अमेरिकाले नेपाललाई जितका लागि दियो १९६ रनको लक्ष्य