सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सिक्किम एफसीलाई हराँउदै त्रिभुवन आर्मी फाईनलमा प्रवेश

२०७६ कार्तिक २३, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः त्रिभुवन आर्मी क्लब झापामा जारी ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार बिर्तामोडस्थित डोमालाल राजवंशी मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले भारतको सिक्किम एफसीलाई ‘टाइब्रेकर’मा ४-३ ले पराजित गरेको हो ।

निर्धारित् समयको खेलमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा निर्णायक बनेको हो ।

‘पेनाल्टी सुटआउट’मा सिक्किमका वीरेन प्रधान, मनोज काच्वा र करण राईलेमात्र गोल गरे । एन्थोनी क्षेत्रीको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले बचाए । विकास क्षेत्रीको प्रहार भने बारमा लाग्दै फर्किएको थियो ।

आर्मीका लागि दीपक गुरुङ, विकास तामाङ, राजीव गुरुङ र विवेक बस्नेतले गोल गरे । कप्तान टेकबहादुर बुढाथोकीको प्रहार सिक्किमका गोलरक्षक मनोज प्रधानले बचाएका थिए ।

खेलको ‘म्यान अफ दी म्याच’ आर्मीका गोलरक्षक विवश चौधरी घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार र उपविजेताले ६ लाख २५ हजार रुपैयाँको साथमा ट्रफी पाउनेछन् ।

प्रतियोगिताकै उत्कृष्ट एक खेलाडीले एकथान मोटरसाइकल पाउनेछन् । विधागततर्फ उत्कृष्ट हुनेहरुले जनही १५ हजार पाउने आयोजकले जनाएको छ ।

जायोन स्पोर्ट्स क्लब झापाले आयोजना गरेको गोल्डकपमा नेपाल र भारतका गरी १० टोलीले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटवल प्रतियोगिता सिन्धुलीमा हुने

एक सय आठ स्वर्णका साथ एशियाडमा चीनको वर्चस्व

यु-१९ साफ च्याम्पियनसिपको उपाधि भारतले जित्यो

त्रिभुवन आर्मी क्लबले बीएमकेलाई हरायो

रौतहट बास्केटबल संघको अध्यक्षमा दिवस तिमल्सिना चयन

एशियाली खेलकुदमा चीनको अग्रता कायमै, कुन देशको नाममा कति पदक ?

अक्षर पटेलको ठाउँमा रविचन्द्रन आश्विनले विश्वकप खेल्ने

१९औं एसियाडको पौडीमा नेपालका सबै हिटबाटै बाहिरिए

न्युजिल्यान्डका कप्तान विलियमसनले विश्वकपको पहिलो खेल नखेल्ने

विमल घर्ती मगर पनि गए अस्ट्रेलिया

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी

ब्याडमिन्टनको पुरुष टिम इभेन्टतर्फ नेपाल क्वार्टरफाइनलमा