काठमाण्डौं: बंगलादेशमा संचालन बंगमाता एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप अन्तर्गत किर्गिस्तानसंग भएको खेलमा नेपालले जित हात पारेको छ ।
सोमबार बंगलादशको ढाकास्थित शहीद सुह्रवर्दी इन्डोर रंगशालामा भएको दोस्रो खेलमा नेपालले किर्गिस्तानमाथि ३-० को सोझो सेटमा जित हात पारेको हो ।
पहिलो सेट २५–१५ दोस्रो सेटमा २५–१९ र तेस्रो सेटमा २५–२० को सोझो सेटमा जित निकालेको हो ।
पहिलो सेटमा सहज रूपमा आफ्नो पक्षमा पारेको नेपालले दोस्रो र तेस्रो सेटमा केही संघर्ष गर्नु पर्योस ।
यसैगरी सोमबार नै अफगानिस्तान माल्दिभ्ससँग पराजित भएको छ । तुलनात्मक रूपमा कमजोर रहेको अफगानिस्तानले माल्दिभ्सलाई ३–० सेटले पराजित गरेको हो ।
नेपालले अर्को खेल मंगलबार र बुधबार आयोजक बंगलादेश र माल्दिभ्ससँग खेल्ने भएको छ ।
