सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

शुल्क वृद्धिको बिरोधमा भैरहवा क्याम्पसमा तालाबन्दी

२०७६ कार्तिक २५, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 काठमाण्डौ: भैरहवामा अतिरिक्त शुल्क फिर्ता नगरेको एमबीबीएस अध्ययनरत विद्यार्थीले तालाबन्दी गरेका छन् ।

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवामा एमबीबीएस अध्ययनरत विद्यार्थीबाट लिइएको बढी शुल्क फिर्ता लगायत ६ बुँदे माग राख्दै गत कार्तिक १३ गतेदेखि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए ।

मेडिकल कलेजहरुलाई सरकारले बढी शुल्क फिर्ता गर्न निर्देशन दिएपछि पनि कार्यान्वयन नभएपछि क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखको कार्यकक्ष र कलेजको प्रशासन लगायत मानव संशाधन शाखामा विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।

आक्रोशित विद्यार्थीहरुले अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, परीक्षा शुल्क त्रिभुवन विश्वविद्यालयले तोके बमोजिम मात्र लिनुपर्ने माग अघि सारेका छन् ।

यसैगरी विशेष कारणवस आन्तरिक परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीलाई विश्वविद्यालयको परीक्षामा सहभागी गराइनुपर्ने, इन्टर्नसिपको पारिश्रमिक शुल्क त्रिविको मापदण्ड अनुसार वृद्धि गर्नुपर्ने र आन्दोलन गरेको आधारमा विद्यार्थीमाथि विभेद गर्न नहुने माग राखेका छ्न ।

कलेजका सूचना तथा जनसम्पर्क अधिकारी सुशील गुरुङका अनुसार विद्यार्थीहरुले एक्कासी २४ घण्टे अल्टिमेटम दिएर तालाबन्दी गरेको बताएका छ्न ।

एमबीबीएस अध्ययनका लागि सरकारले काठमाडौं उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ५० हजार शुल्क लिन पाउने सीमा तोकेको छ ।

तर युनिभर्सल मेडिकल कलेजले भने प्रतिविद्यार्थी १० देखि १५ लाखसम्म शुल्क असुलेको स्रोतले जनाएको छ ।

सो युनिभर्सलले एमबीबीएस विद्यार्थी लगायत त्यहाँ अध्यनरत बीडीएस, नर्सिङका र प्यारामेडिक्स पढ्ने करिब ४ सय बढी विद्यार्थीसंग पनि अतिरिक्त शुल्क असुलेको पीडित विद्यार्थीले बताएका छ्न् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

जनता मावि शिशुवारीले पायो सुविधासम्पन्न भवन

कानुन पढ्नेलाई प्रोत्साहन गर्दै बागलुङ नगरपालिका

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

अपाङ्गता र संरक्षित परिवारका बालबालिकालाई छात्रवृत्ति

विद्यालय शिक्षा क्षेत्र योजनाको समीक्षा बैठक सुरु

‘एसइई’मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार

प्रयोगात्मक सीप विकासका लागि विद्यालयद्वारा तरकारीखेती विस्तार

गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन हुने

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तिर्ण