
काठमाण्डौ: भैरहवामा अतिरिक्त शुल्क फिर्ता नगरेको एमबीबीएस अध्ययनरत विद्यार्थीले तालाबन्दी गरेका छन् ।
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवामा एमबीबीएस अध्ययनरत विद्यार्थीबाट लिइएको बढी शुल्क फिर्ता लगायत ६ बुँदे माग राख्दै गत कार्तिक १३ गतेदेखि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए ।
मेडिकल कलेजहरुलाई सरकारले बढी शुल्क फिर्ता गर्न निर्देशन दिएपछि पनि कार्यान्वयन नभएपछि क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखको कार्यकक्ष र कलेजको प्रशासन लगायत मानव संशाधन शाखामा विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।
आक्रोशित विद्यार्थीहरुले अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, परीक्षा शुल्क त्रिभुवन विश्वविद्यालयले तोके बमोजिम मात्र लिनुपर्ने माग अघि सारेका छन् ।
यसैगरी विशेष कारणवस आन्तरिक परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीलाई विश्वविद्यालयको परीक्षामा सहभागी गराइनुपर्ने, इन्टर्नसिपको पारिश्रमिक शुल्क त्रिविको मापदण्ड अनुसार वृद्धि गर्नुपर्ने र आन्दोलन गरेको आधारमा विद्यार्थीमाथि विभेद गर्न नहुने माग राखेका छ्न ।
कलेजका सूचना तथा जनसम्पर्क अधिकारी सुशील गुरुङका अनुसार विद्यार्थीहरुले एक्कासी २४ घण्टे अल्टिमेटम दिएर तालाबन्दी गरेको बताएका छ्न ।
एमबीबीएस अध्ययनका लागि सरकारले काठमाडौं उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ५० हजार शुल्क लिन पाउने सीमा तोकेको छ ।
तर युनिभर्सल मेडिकल कलेजले भने प्रतिविद्यार्थी १० देखि १५ लाखसम्म शुल्क असुलेको स्रोतले जनाएको छ ।
सो युनिभर्सलले एमबीबीएस विद्यार्थी लगायत त्यहाँ अध्यनरत बीडीएस, नर्सिङका र प्यारामेडिक्स पढ्ने करिब ४ सय बढी विद्यार्थीसंग पनि अतिरिक्त शुल्क असुलेको पीडित विद्यार्थीले बताएका छ्न् ।