सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

४५ औँ दीक्षान्त समारोहमा १० हजार १७८ विद्यार्थीहरु दीक्षित हुँदै

२०७६ कार्तिक २७, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनका लागि दीक्षित हुने विद्यार्थी ह्वात्तै बढेका छ्न् ।

गएको बर्षदेखी मात्रै त्रिविले अनलाइन फारामको व्यवस्था गरेको थियो ।

यो बर्ष ४५ औँ दीक्षान्त समारोहमा १० हजार १७८ विद्यार्थीले दीक्षितका लागि आवेदन दिएको दीक्षान्त मूल समारोह समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए ।

गत वर्ष ९ हजार ५०४ विद्यार्थी दीक्षित भएका थिए । अनलाइनबाट फाराम भर्न थालेपछि दीक्षित हुने विद्यार्थीको सङ्ख्यामा पनि वृद्धि भएको पाइएको छ ।

यो पटक १० हजार विद्यार्थी मात्र सहभागी हुने भएका छन् । आगामी पुस ३ गते हुने समारोहमा ६ हजार ९०० अभिभावक समेत सहभागी हुने सदस्य–सचिव अधिकारीले बताएका छ्न सहभागी अभिभावकका लागि रु ३०० तोकिएको छ ।

त्रिविले स्नातक तहका लागि २ हजार २ सय स्नातकोत्तर तहका लागि २ हजार ७०० सय र एमफिल र पिएचडी (विद्यावारिधि) का लागि ३ हजार २०० शुल्क तोकेको छ ।

त्यस्तै गाउन, स्कार्फ र टोपीका लागि रु एक हजार ५०० धरौटी तोकिएको छ ।

सबैभन्दा बढी दीक्षान्त समारोहमा व्यवस्थापन सङ्कायका विद्यार्थीले आवेदन दिएका छन् । व्यवस्थापन सङ्कायका विद्यार्थी तीन हजार ७२० सहभागी हुने भएका छन् ।

यस्तै मानविकी सङ्कायका दुई हजार १४४, इञ्जिनीयरिङतर्फ एक हजार १९०, विज्ञान सङ्कायतर्फ एक हजार १०९, चिकित्सातर्फ ८८०, शिक्षा सङ्कायमा ७८३, कानून सङ्कायमा १८६, कृषितर्फ १३३ र वन विज्ञानतर्फ ३३ विद्यार्थी सहभागीका लागि आवेदन दिएका छन् ।

त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीको अध्यक्षतामा ४६ सदस्यीय समिति ४५ औँ दीक्षान्त समारोहका लागि मूल समारोह समिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

जनता मावि शिशुवारीले पायो सुविधासम्पन्न भवन

कानुन पढ्नेलाई प्रोत्साहन गर्दै बागलुङ नगरपालिका

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

अपाङ्गता र संरक्षित परिवारका बालबालिकालाई छात्रवृत्ति

विद्यालय शिक्षा क्षेत्र योजनाको समीक्षा बैठक सुरु

‘एसइई’मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार

प्रयोगात्मक सीप विकासका लागि विद्यालयद्वारा तरकारीखेती विस्तार

गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन हुने

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तिर्ण