सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भैरहवा मेडिकल कलेजका विद्यार्थी शुल्क फिर्ताको माग गर्दै रिले अनसनमा

२०७६ कार्तिक २९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठ्माण्डौ: सरकारले तोकेभन्दा बढी असुलेको शुल्क फिर्ता लगायत ६ बुँदे माग राखेर आन्दोलनरत विद्यार्थीहरुले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवामा शुक्रबारदेखि रिले अनसन शुरु गरेका छन् ।

विद्यार्थीका माग सम्बोधन गर्ने तर्फ कलेज प्रशासनले कुनै चासो नदेखाएको र औपचारिक रुपमा वार्तामा समेत नबोलाएको भन्दै दबाब दिन अनिश्चितकालीन २४ घण्टे रिले अनसन शुरु गरिएको विद्यार्थीले बताएका छन ।

कलेजको मुख्य गेट अगाडि ‘न्यायका लागि संघर्ष’ नारा लेखिएको कालो ब्यानर टाँगेर विद्यार्थीहरु बिहान ६ बजेदेखि नै अनसन बसेका छन् ।

माग पूरा गर्न दबाब दिन विद्यार्थीहरुले चार दिनअघि क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको कार्यकक्ष, प्रशासन शाखा, लेखा शाखा र मानव संशाधन शाखामा तालाबन्दी गरेका थिए । तालाबन्दी कायमै रहेपनि कलेजले प्रशासनिक काम नरोकेर आन्दोलनलाई बेवास्ता गरेकाले रिले अनसन बस्नुपरेको विद्यार्थीहरुको भनाइ छ ।

युनिभर्सल मेडिकल कलेजले प्रतिविद्यार्थी कम्तीमा १० लाखदेखि अधिकतम १५ लाख रुपैयाँसम्म बढी शुल्क असुलेको एमबीबीएस अध्ययनरत विद्यार्थीहरुको दावी छ ।

युनिभर्सल मेडिकल कलेजमा कात्तिक १३ गतेदेखि विद्यार्थीहरु आन्दोलनमा छन् । आन्दोलनका कारण १६ दिनदेखि कलेजमा पठनपाठन ठप्प छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

जनता मावि शिशुवारीले पायो सुविधासम्पन्न भवन

कानुन पढ्नेलाई प्रोत्साहन गर्दै बागलुङ नगरपालिका

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

अपाङ्गता र संरक्षित परिवारका बालबालिकालाई छात्रवृत्ति

विद्यालय शिक्षा क्षेत्र योजनाको समीक्षा बैठक सुरु

‘एसइई’मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार

प्रयोगात्मक सीप विकासका लागि विद्यालयद्वारा तरकारीखेती विस्तार

गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन हुने

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तिर्ण