सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भैरहवा मेडिकल कलेजका विद्यार्थी शुल्क फिर्ताको माग गर्दै रिले अनसनमा

२०७६ कार्तिक २९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठ्माण्डौ: सरकारले तोकेभन्दा बढी असुलेको शुल्क फिर्ता लगायत ६ बुँदे माग राखेर आन्दोलनरत विद्यार्थीहरुले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवामा शुक्रबारदेखि रिले अनसन शुरु गरेका छन् ।

विद्यार्थीका माग सम्बोधन गर्ने तर्फ कलेज प्रशासनले कुनै चासो नदेखाएको र औपचारिक रुपमा वार्तामा समेत नबोलाएको भन्दै दबाब दिन अनिश्चितकालीन २४ घण्टे रिले अनसन शुरु गरिएको विद्यार्थीले बताएका छन ।

कलेजको मुख्य गेट अगाडि ‘न्यायका लागि संघर्ष’ नारा लेखिएको कालो ब्यानर टाँगेर विद्यार्थीहरु बिहान ६ बजेदेखि नै अनसन बसेका छन् ।

माग पूरा गर्न दबाब दिन विद्यार्थीहरुले चार दिनअघि क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको कार्यकक्ष, प्रशासन शाखा, लेखा शाखा र मानव संशाधन शाखामा तालाबन्दी गरेका थिए । तालाबन्दी कायमै रहेपनि कलेजले प्रशासनिक काम नरोकेर आन्दोलनलाई बेवास्ता गरेकाले रिले अनसन बस्नुपरेको विद्यार्थीहरुको भनाइ छ ।

युनिभर्सल मेडिकल कलेजले प्रतिविद्यार्थी कम्तीमा १० लाखदेखि अधिकतम १५ लाख रुपैयाँसम्म बढी शुल्क असुलेको एमबीबीएस अध्ययनरत विद्यार्थीहरुको दावी छ ।

युनिभर्सल मेडिकल कलेजमा कात्तिक १३ गतेदेखि विद्यार्थीहरु आन्दोलनमा छन् । आन्दोलनका कारण १६ दिनदेखि कलेजमा पठनपाठन ठप्प छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शिक्षकको ग्रेड निजामती कर्मचारी सरह बनाउन शिक्षा मन्त्रालयको अर्थलाई पत्र

शिक्षकसँगको सम्झौतामा सरकार प्रतिबद्ध : कावा प्रधानमन्त्री खड्का

शिक्षा विधेयकमा सभामुखीय भूमिका निर्वाह गर्छु: देवराज घिमिरे

पोखरा विश्वविद्यालय र एनआरइएनबीच सम्झौता

राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने

नाइजेरियाली विश्वविद्यालयमा बन्दुकधारीद्वारा दर्जनौं व्यक्तिको अपहरण

सरकारले शिक्षामा लगानी गर्ने बातावरण बनाएन्ः भट्टराई

असन्तुष्ट राहात शिक्षकहरुको काठमाडौंमा प्रदर्शन

सरकारसँग भएको सहमतिको बिरोधमा राहत शिक्षकद्धारा आन्दोलनको घोषणा

सरकार र आन्दोलनरत शिक्षकहरुबीच सात बुँदे सहमति (पूर्णपाठ)

सरकार र शिक्षकहरूबीच गृह मन्त्रालयमा वार्ता सुरु

विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटि, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन्: गगन थापा