
काठमाण्डौः गत शुक्रबारदेखि युएईमा जारी क्रिकेट टी–१० लिगको तेस्रो खेलमा नेपालका पूर्व कप्तान पारस खड्का प्लेईङ ११ मा अटाएनन् ।
सोमबार भएको मराठा सँगको तेस्रो खेलमा नेपाली क्रिकेट टिमका पूर्ब बप्तान पारस खड्काले स्थान पाएनन् ।
प्रतियोगितामा नेपालका दुई क्रिकेटर पारस खड्का र सन्दीप लामिछाने आबद्ध छन् । अन्तराष्ट्रिय टी–२० क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गरेकै आधारमा पारस टी–१० लिगमा छनोट भएका हुन् ।
तर पारस खड्का मराठा अरेवियनसँगको खेलमा प्लेइङ ११ मा अटाएनन् ।
नेपालका पूर्वकप्तान ३२ वर्षीय पारस खड्का १० हजार अमेरिकी डलरमा टिम आवुधाबीमा अनुबन्धित भएका हुन् ।