काठमाडौंः “लायन्स क्लब अफ काठमाण्डौ हेरिटेज धरहरा” ले मिलिजुली तमु (गुरुङ्ग) समाज काठमाडौंको सहयोगमा एवं धादिङको फेदीखोला समाज युकेको सहकार्यमा बेनीघाट रोराङ्ग गाउँ पालिका,२-चोतेस, धादिङ मा अवस्थित बिकट चेपाङ्ग बस्तिमा जाडोमा न्यानो कपडा वितरण गरेको छ ।

लायन्स क्लब अफ् काठमाण्डौ हेरिटेज धरहराको आर्थिक सहयोग एवं आयोजनामा “न्यानो ल्होसार” अन्तर्गत जाडाेयामको समय पारेर लत्ताकपडा एव खाद्यान्न सहयोग गरेको हाे । धादिङका उपल्लो भेगमा रहेका करिब ६० भन्दा बढी घरपरिवारका करिब ६०० जनाको लागि शनिबार तातो न्यानो कपडा वितरण गरेको हाे ।

जाडोकाे कपडाहरु सिरक ,टोपी,चप्पल/जुत्ता कोल्गेट लगायत मेडिकल एवं स्टेशनरी सामान सहित बिभिन्न राहत सामाग्री बितरण गरेकाे पाइएको छ । कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको “लायन्स क्लब अफ काठमाण्डौ हेरिटेज धरहरा” का अध्यक्ष प्रसाद गुरुङले बताउनु भएको छ । तातो न्यानो कपडा लगाउन पाउँदा स्थानीय निकै खुसी रहेको स्थानीयकाे भनाइ रहेको छ ।

बेनीघाट रोराङ्ग गाउँपालिका,२-चोतेस, धादिङमा अवस्थित वागेश्वरी आधारभुत विद्यालय प्राङ्गणमा आयोजित राहत वितरण कार्यक्रममा “लायन्स क्लब अफ काठमाण्डौ हेरिटेज धरहरा” का सम्पूर्ण पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विभिन्न विभागहरु गठन गरी उक्त राहत कार्यक्रमलाई सहजता प्रदान गरिएको उक्त क्लबका बरिष्ट उपाध्यक्ष राजाराम थापा राजनले बताउनुभयो । कार्यक्रम सब्य र भब्य भएकोमा स्थानिय जनता खुशीले गदगद भएका थिए ।

“लायन्स क्लब अफ काठमाण्डौ हेरिटेज धरहरा”ले यस बर्ष मात्र करिब एक दर्जन सामाजिक कार्य गर्दै आईरहेको जनाएको छ । नयाँ बर्षको आगमनसँगै काठमाण्डौंको तारकेश्वर स्थित भ्यू प्वाईन्टमा २ सय विभिन्न जातजातिका ५ सय फलफुलका बिरुवाहरुको बृक्षारोपण गरेको क्लबले रक्तदान, सरसफाई, आर्थिक विपन्नलाई सहयोग एवं विभिन्न कष्टकर जिवन बिताईरहेका करिब ६०० जना विगट चेपाङ बस्तीका विपन्न ब्यक्तिहरुलाई सहयोग गरेको हो ।

