काठमाण्डौंः संवैधानिक परिषद्को सिफारिस अनुशार संवैधानिक आयोगहरूमा प्रमुख तथा पदाधिकारी नियुक्त गरिएको छ ।
परिषद्ले गत मंसिर ३० गते गरेको सिफारिशबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका संवैधानिक आयोगहरूमा प्रमुख तथा पदाधिकारी नियुक्त गरेकी हुन् ।
नवनियुक्त पदाधिकारीहरूलाई बुधवार राष्ट्रपति कार्यालय शीतलनिवासमा विशेष समारोहका बीच शपथ ग्रहण समेत गराइएको छ । राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आयोगका प्रमुख आयुक्त तथा अध्यक्षहरूलाई शपथ ग्रहण गराएका हुन् ।

