सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सिंहदरबारको मुख्य प्रशासनिक भवनको तीन खण्ड पुनर्निर्माण सम्पन्न (फोटो फिचर)

२०७७ फागुण २, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः २०७२ सालको विनाशकारी भुकम्पले क्षति पुर्याएको  सिंहदरबारको मुख्य प्रशासनिक भवनको तीन खण्ड पुनर्निर्माण सम्पन्न भएको छ ।

सिंहदरबारको पश्चिमतर्फको मुख्य खण्डको रेक्ट्रोफिटिङ्ग गरी पुर्ननिर्माण कार्य जारी रहेको छ । वि.सं. २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प अगाडि यो भवनमा ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय’ रहेको थियो । उक्त कार्यालयबाहेक राष्ट्रिय योजना आयोग, रक्षा मन्त्रालय लगायतका महत्त्वपूर्ण सरकारी निकायहरू समेत यसै भवनभित्र रही सेवा प्रदान गर्दै आएका थिए ।

वि.सं. २०७२ वैशाख १२ गतेको विनाशकारी भुकम्पले यस भवनलाई समेत नराम्ररी क्षति पुर्‍याएको थियो । यस भवनलाई भत्काएर नयाँ बनाउने वा प्रबलीकरण गरी पुनर्निर्माण गर्ने विषयमा बहस समेत चलेको थियो । सम्पदा संरक्षणको दृष्टिकोणले यस भवनलाई पुरानै शैली र स्वरूपमै बचाउन प्रबलीकरण नै गर्न उपयुक्त ठानी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट प्रबलीकरण गर्ने कार्य भइरहेको छ ।

उत्तर, दक्षिण र पुर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीहरु जस्तै सिमेन्ट, बालुवा, छड, केमिकलहरू प्रयोग गरी पुरानै स्वरूप नबिग्रिने गरी प्रबलीकरण गरिएको छ । यसरी प्रबलीकरण गर्दा आर.सी.सी. तथा फलामे छडको प्रयोग गरी भविष्यमा आउन सक्ने सम्भावित भूकम्पीय जोखिमलाई धान्न सक्ने गरी सुरक्षित गरिएको छ । रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शपथपश्चात शपथ पत्रमा हस्ताक्षर गर्नुहुँदै नवनियुक्त राजदूतहरु

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्वारा शपथ

घाइतेहरुको थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिँदै

छठ पर्व सम्पन्न गरी घर फर्कदै ब्रतालु

छठी माताको पूजा गर्नुहुँदै उपराष्ट्रपति यादव

बलिङ गर्दै पोखरा एभेन्जर्सका खेलाडी

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन

कात्तिक नाच प्रदर्शन गरिँदै

शव हस्तान्तरण

भाइटीका ग्रहण गर्नुहुँदै राष्ट्रपति पौडेल

बालगोपालेश्वर मन्दिरमा भाइटीका

कुकुरलाई पूजा गर्दै नेपाली सेना