काठमाण्डौं: १३ औं प्रतियोगिता (साग) को उद्घाटन राष्ट्रपति विद्यादेबी भण्डारीको हातबाट हुने भएको छ ।
मंसीर १५ गतेदेखी काठमाडौंको दशरथ रंगशालामा हुने साग प्रतियोगिताको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने भएकी हुन् ।
मंसिर १५ गते साँझ हुने उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।
काठमाडौं, पोखरा र जनकपुरमा सञ्चालन साग १० दिनसम्म चल्ने छ । ७ देशका ३ हजार खेलाडी सहभागि रहने सागमा २६ खेलमा प्रतिस्पर्धा हुनेछ ।
सन् १९८४ मा काठमाडौंबाट सुरु भएको साग १३ औं संस्करणसम्म आइपुग्दा नेपालले तेस्रो पटक आयोजनाको जिम्मेवारी पाएको हो ।
सागका लागि उद्घाटन समारोह आयोजना हुने दशरथ रंगशालाको स्तरउन्नती गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
