काठमाण्डौं: मोरङको बेलबारीमा भएको नोवेल अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका टिम प्रथम भएको छ ।
दुई दिवसीय प्रतियोगितामा १२ स्वर्ण ६ रजत र ९ कास्य पदक ल्याएर टिम प्रथम भएका हुन् ।
बेलबारी डोजोको आयोजनामा शनिबार र आईतबार भएको प्रतियोगितामा जुनियर पुरुष एकलकातामा सुर्यचन्द्र राई, सिनियर पुरुष एकलकातामा मोतिचन्द्र राई, रुरिहाङ दुमि, महिला सिनियर एकलकातामा रोश्मा राईले स्वर्ण पदक जितेकी छन् ।
पुरुष कुमितेको ३५ केजी तौलमा हिमाल राई, ४० केजीमा सुर्यचन्द्र राई, महिला कुमितेको ५५ केजीमा विद्याकला राई, पुरुष कुमिते ६० केजीमा अर्जुन श्रेष्ठ, महिला कुमिते ६१ केजी प्लसमा मिसडोना राई, ६७ केजीमा रुरिहाङ दुमि, ६७ प्लस केजीमा सागर राउत र ७५ केजी तौलमा ईश्वरधन राईले स्वर्ण पदक जितेको नेपाल सितोरियो कराँते संघ खोटाङका अध्यक्ष तथा टिम प्रशिक्षक सन्जय कुमार राईले जानकारी दिए ।
