काठमाण्डौ: नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलमा शनिबार हुने दोस्रो सेमिफाइनल खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ७ बजेबाट सुरु हुनेछ । सेमिफाइनलको पहिलो खेलमा भारत र माल्दिभ्स भिड्ने छन् ।
खेल जित निकाल्दै नेपाल नयाँ इतिहास रच्ने योजनामा रहेकाे नेपालले महिला भलिबलको साग खेलकुदमा कास्य पदक मात्र जितेको छ ।
आजको खेलमा जित निकाल्न सके महिला टोली साग इतिहासमा पहिलो पटक फाइनल पुग्नेछ ।
नेपाललाई श्रीलंकाविरुद्ध जित निकाल्न सहज भने छैन । महिला भलिबलमा श्रीलंका नेपाल भन्दा बलियो टोलीको रुपमा रहेको छ ।
