काठमाण्डौं: दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल पहिलो पटक महिला भलिबल फाईनलमा प्रवेश गरेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको दोस्रो सेमिफाइनल खेलमा नेपालले श्रीलंकालाई ३-० ले हराएको हो । नेपालले खेलको पहिलो सेटमा प्रतिभा मालीले ७ र सरस्वती चौधरीले ६ अंक जोड्दै २५-१४ ले जित्यो ।
दोस्रो सेटमा २५-१७, तेस्रो सेट २५-२१ ले नेपालले जित्यो । यद्यपि १३ औं सागमा नेपालको पहिलो पदक पक्का भएको छ । नेपालले अब स्वर्णका लागि भारतसँग खेल्ने छ ।
नेपालले अब समूह चरणमा हारेको हारको बदला लिने मौका आएको छ । समूह चरणमा नेपाल भारतसँग ३-० को सेटमा पराजित भएको थियो ।
नेपालले साग महिला भलिबलमा १९९९, २००६ र २०१६ मा तीन पटक काश्य पदक जितेको थियो ।
