सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

१३ औं सागमा नेपाल १५ स्वर्णसहित शीर्ष स्थानमा: मंगलबार १५ खेलबीच प्रतिस्पर्धा हुँदै (खेल तालिका सहित)

२०७६ मंग्सिर १७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ: १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ‘साग’ अन्तर्गत आज १ दर्जन बढी खेलमा प्रतिस्पर्धा हुँने भएको छ ।

तीन दिन अगाडि सुरु भएको सागमा मंगलबार काठमाडौं र पोखरामा गरि १५ खेलबिच प्रतिस्पर्धा हुने भएको आयोजकले जनाएका छ्न् ।

सोमबार अर्थात सागको दोस्रो दिनसम्म भएका विभिन्न खेलमा १५ स्वर्णसहित २४ पदक जित्दै नेपाल खेल तालिकाको शीर्ष स्थानमा रहेको छ ।

सागमा मंगलबार एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराँते, खो खो, सुटिङ, टेबलटेनिस, टेनिस, तेक्वान्दो, ट्रायथोलन, भलिबल र उसुको प्रतिस्पर्धा हुनेछ ।

जस अन्तर्गत पोखरामा ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथलन खेलहरु हुने छ्न् भने अरु खेल काठमाडौंमा सञ्चालन हुनेछन् ।

फुटबल

सागको तेस्रो दिन पुरुष फुटबलमा दुई खेल हुनेछ । जसमा नेपालले भुटानसँग पहिलो खेल खेल्दैछ । नेपाल र भुटानबीचको खेल १ बजे दशरथ रंगशालामा हुनेछ ।

सिनियर ३ खेलाडीको साथ पाएको नेपाली टिमको कप्तानी सुजल श्रेष्ठले गर्नेछन् । अर्को खेलमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ । राउण्ड रोबिनका आधारमा हुने खेलको शीर्ष दुई टिम फाइनल प्रवेश गर्नेछन् । महिला फुटबलतर्फ पनि दुई खेल हुनेछ । पोखरा रंगशालामा हुने पहिलो खेलमा नेपालले श्रीलंकाको सामना गर्नेछ । खेल विहान १० बजे शुरु हुनेछ । हरि खड्काको नेतृत्वमा रहेको नेपाल निरु थापाको कप्तानीमा मैदान उत्रने छ । यस्तै दोस्रो खेलमा भारत र माल्दिभ्स भिड्नेछन् ।

भलिबल

साग अन्तर्गत मंगलबार महिला र पुरुष दुबैतर्फको फाइनल खेल हुनेछ । त्रिपुरेश्वरको राखेप कभर्डहलमा महिलातर्फ स्वर्णका लागि नेपाल र भारतबीच खेल हुनेछ । खेल ४ बजे शुरु हुनेछ । पुरुषतर्फ भारत र पाकिस्तानले स्वर्णका लागि खेल्नेछ । खेल १ बजे हुनेछ ।

क्रिकेट

साग क्रिकेट अन्तर्गत मंगलबार नेपालले टेष्ट राष्ट्र श्रीलंकाको यू–२३ टिमसँग खेल्दै छ । टियु क्रिकेट मैदानमा बलियो टोलीविरुद्ध मैदान उत्रँदा नेपाल प्रतियोगितामा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । स्वर्ण पदकको लक्ष्यमा रहेको नेपालको लागि फाइनल पुग्ने हो भने श्रीलंकामाथि जित महत्वपूर्ण हुनेछ । यस्तै पोखरामा हुने महिला क्रिकेटमा श्रीलंका र बंगलादेशबीच खेल हुनेछ ।

उसु

सागको तेस्रो दिन मंगलबार उसुका खेलहरु सुरु हुनेछ । आर्मी क्लबको शारिरिक तथा प्रशिक्षण केन्द्रमा हुने खेल विहान ९ बजेबाट शुरु हुनेछ । थाउलो तथा सान्सो विधामा एकै दिन प्रतिस्पर्धा हुनेछ । थाउलो खेल बिहान हुनेछ भने सान्सो साझ ४ बजेपछि हुनेछ । पहिलो दिन नेपालले २२ स्वर्णको लागि प्रतिस्पर्धा गर्नेछ ।

सुटिङ

सुटिङका खेलहरु पनि मंगलबारबाट सुरुहुँदैछ । सातदोबाटोस्थित सुटिङ हलमा खेलमा नेपालको महिला टिमले दुई खेलमा प्रतिस्पर्धा जनाउँदैछ । महिला टिमले १० मिटर एअर राईफल १० मिटरतर्फ तथा टिम इभेन्टतर्फ प्रतिस्पर्धा गर्दैछ । यस्तै पुरुष टिमले ५० मिटर थ्री पोजिसन तथा २५ मिटर सेन्टर फायरमा सहभागी जनाउँदैछ । सुटिङ तर्फ नेपालले ५ स्वर्णको लागि प्रतिस्पर्धा गर्नेछ ।

तेक्वान्दो

तेक्वान्दोमा मंगलबार ४ स्वर्णको टुङ्गो लाग्दैछ । ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा मंगलबार गेरुगीतर्फ ४ स्वर्णको टुङ्गो लाग्न लागेको हो ।तेक्वान्दोको पहिलो दिन पुम्सेमा नेपालले ७ स्वर्ण जितेको थियो । मंगलबार पुरुषको ५४ केजी र ६८ तथा महिलाको ४६ केजी र ५७ केजी स्पर्धामा नेपालले चुनौती पेश गर्नेछ । ५४ केजीमा मनोज मल्ल, ६८ केजीमा विरबहादुर महराले चुनौती पेश गर्नेछन् भने महिलाको ४६ मा काजल श्रेष्ठ तथा ५७ केजीमा निमा गुरुङले नेपालको चुनौती पेश गर्नेछिन् ।

एथ्लेटिक्स

मंगलबार एथ्लेटिक्सतर्फ ७ वटा स्वर्णको टुङ्गो लाग्दैछ । काठमाडौंको दशरथ रंगशालामा विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा हुने तय भएपनि ७ खेलको मात्र स्वर्णको टुङ्गो लाग्न भएको हो । तालिका अनुसार मंगलबार सय मिटर पुरुष र महिला स्पर्धाको हिट चरणको खेल हुनेछ ।यस्तै, हाई जम्पको महिला र पुरुष, १५ सय मिटर दौडको पुरुष र महिला, र सय मिटर दौडको पुरुष महिलाको फाईनल खेल मंगलबारनै हुनेछ । त्यस्तै १० हजार मिटर पुरुषको फाईनल खेल समेत मंगलबार राखिएको छ ।

खो खो

खो खोतर्फ मंगलबार सेमिफाइनलको खेल हुनेछ । सेमिफाइनलमा भारतले श्रीलंका तथा नेपालले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

कराँते

साग अन्तर्गत कराँतेमा मंगलबार पनि विभिन्न पदकको लागि खेल हुने । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको कराते हलमा हुने खेल बिहान ९ बजेबाट शुरु हुनेछ । सोमबार नेपालले ७ स्वर्ण जितेको थियो ।

ब्याडमिन्टन

पोखरामा हुने ब्याडमिन्टनतर्फ सोमबार महिला टिम इभेन्टको फाइनलको खेल हुँदैछ । यस्तै अन्य प्रतिस्पर्धा सुरु हुनेछ । नेपालले सोमबार पुरुष र महिला टिमको दुवै स्पर्धामा कास्य जितेको थियो ।

गल्फ

गोकर्ण फरेस्ट गल्फ क्लबमा मंगलबार बिहान १० बजेबाट गल्फको खेल सुरु हुनेछ । सागमा पुरुष ब्यक्तिगततर्फ नेपाल, बंगलादेश, श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्दैछन् । महिलामा नेपाल, बंगलादेश र श्रीलंकागरी तीनदेशको मात्र सहभागिता रहेको छ । महिला टिम र एकल दुवैमा कम्तीमा सहभागी देशको कांस्य पदक पक्का भएको छ ।

टेबल टेनिस

टेबल टेनिसका खेल सोमबारबाट सुरु हुनेछ । बिहान १० बजे औपचारिक उद्घाटन गरेर टेबल टेनिसका खेलहरुको सुरुवात गरिनेछ । खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु हुनेछ ।

टेनिस

सातदोबाटोस्थित टेनिस कोर्टमा मंगलबार पनि टिम इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । नेपालका पुरुष र महिला टिम सेमिफाइनलमा पुगेका छन् । पुरुषमा नेपालले भारतसँग खेल्नेछ । भारतले भने बाई पाएर सोझै सेमिफाइनलमा स्थान बनाएको छ । महिला टिम इभेन्टमा नेपाल र श्रीलंका सेमिफाइनलमा पुगेका छन् ।

ट्रायथलन

पोखरामा आयोजना हुने ट्रायथलन अन्तर्गत मंगलबार दुवाथलनका खेल बिहान ८ बजे बाट शुरु हुने छ । सोमबार ईलाईट स्प्रिन्ट प्रतिस्पर्धामा महिलातर्फ नेपाली सोनी गुरुङले स्वर्ण जितेकी थिइन् । पुरुषमा बसन्त थारुले कास्य जिते ।

साइक्लिङ

साग अन्तर्गत साइक्लिङको स्पर्धा मंगलबारबाट शुरु हुनेछ । तर, औपचारिक प्रतिस्पर्धा भने बुधबारबाट शुरु हुनेछ । साइक्लिङको प्रतिस्पर्धा सहिद पार्क गोकर्णमा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दीपेश महतले जिते विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि

मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)

एनपीएलको फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

एनपिएल : चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

आइपिएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

डेफ फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान