काठमाण्डौं: १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले भुटानमाथी शानदार जित हात पारेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेट गुमाउदै २ सय ३६ रन बनाएको थियो । सुरुवात देखि नै आक्रामक ब्याटिङ गरेको नेपालले नेपालका पुर्व कप्तान पारस खड्काले २, करन केसी, ललित राजबंशी र पवन सर्राफले १/१ विकेट लिए ।
अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा कप्तान ज्ञानेन्द्र मल्लको यो पहिलो शतक हो । यस अघि टी-२० अन्तराष्ट्रियमा पुर्व कप्तान पारस खड्काले मात्र शतक बनाएका थिए । को सामना गरेका कप्तान मल्लले ५५ बलमा ९ छक्का र ५ चौका हिर्काउदै १ सय ७ रन बनाउन सफल भएका थिए।
टी-२० अन्तराष्ट्रिय क्रिकेटमा नेपालको यो अहिलेसम्मकै फराकिलो जित हो। नेपालले दिएको २३७ रनको लक्ष्य भुटानले ६ विकेट गुमाउदै ९५ रन जोन सफल भयो ।
