काठमाण्डौः १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको पाँचौ दिनको खेलहरूमा नेपालले पुनः एकपछि अर्को स्वर्ण पदक थप गर्नेक्रम जारी छ ।
नेपालका लागि साइक्लिङमा लक्ष्मी मगरले स्वर्ण थपेकी छिन् । त्यसैगरी निमा घर्तिमगरले उसुको नान्छानमा स्वर्ण पदक जितेकी छिन् । निमाले भारतमा आयोजना भएको १२ औं सागमा पनि स्वर्ण पदक जितेकी थिइन ।
बिहिवार दुई स्वर्ण पदक हात पारेसँगै नेपाल ३१ स्वर्ण १७ रजत र २८ काँस्य सहित कुल ७६ पदक ल्याइ पदक तालिकाको दोस्रो स्थानमा कायमै राखेको छ ।
भारत ३७ स्वर्ण ३० रजत सहित कुद ८१ पदक ल्याइ पदक तालिकाको पहिलो स्थानमा रहेको छ । यसैगरी श्रीलंका ११ र पाकिस्तान १० स्वर्ण ल्याइ पदक तालिकमा क्रमश तेस्रो र चौथो स्थानमा छन् ।
यसअघि नेपालले आठौं सागमा ३२ स्वर्ण जितेको थियो । त्यसपछि भने कुनै सागमा नेपालले दोहोरो अंक जोड्न सकेको थिएन ।
