काठमाण्डौ: १३औं सागलाई लक्षित गरि ट्राफिक प्रहरीले कलंकी,कोटेश्वर हुँदै जगातीसम्मको मुख्य लेन ५ घण्टा ठप्प हुने भएको छ ।
ट्राफिक प्रहरीले शुक्रबार र शनिबार २ दिन कलंकी,कोटेश्वर हुँदै जगातीसम्मको सडकमा साइक्लिङ प्रतियोगिता हुने भएकोले पाँच घन्टा सवारीसाधन सञ्चालनमा रोक लगाउने भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले उक्त २ दिन साइक्लिङका लागि मुख्य लेनमा सवारी चलाउन रोक लगाइएको बताएका छ्न तर मुख्य लेनको दायाँबायाँ सर्भिस लेनमा सवारी चलाउन सकिने बताएका छ्न् ।
शुक्र र शनिबार बिहान ११ देखि ४ बजेसम्म सो सडकखण्डको मुख्य लेनमा सवारी चलाउन रोक लगाएको एसएसपी ढकालले बताए ।
ट्राफिकले कोटेश्वरबाट जगातीतर्फ जाने सम्पूर्ण सवारीसाधन जडीबुटी चोकबाट पेप्सीकोला हुँदै पुरानो ठिमी, ब्यासी, कमलविनायक, च्याम्हासिंह हुँदै जानुपर्ने सूचित गरेको छ ।
