काठमाण्डौं: बार्सिलोना फुटबलका कप्तान लियोनल मेस्सीको ह्याट्रिकसंगै स्पेनिस ला लिगमा बार्सिलोना शिर्ष स्थानमा पुग्न सफल भएको छ ।
शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले मलोर्का बिरुद्धको खेलमा ह्याट्रिक गर्दै मलोर्कालाई ५-२ को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।
बार्षिलोना फराकिलो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ ।
त्यस्तै बार्सिलोनाकै एन्टोनी ग्रिजम्यान र लुइस स्वारेजले एक-एक गोल गरे । बालोनाको डी’ओर जितिसकेपछिको यो मेस्सीको पहिलो ह्याट्रिक हो ।
मलोर्कासँगको जितसंगै बार्सिलोना १५ खेलबाट ३४ अंक जोड्दै ला लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
रियल मड्रिड सँग समान अंक भए पनि गोल अन्तरले बार्सिलोनाले रियल मड्रिडलाई उछिनेको हो । लिगमा मलोर्का १४ अंकसहित रेलिगेशन जोन माथि छ ।
