सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

४५ स्वर्णसहित नेपाल सागको दोस्रो स्थानमा (सूचीसहित)

२०७६ मंग्सिर २३, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: पौडीबाज गौरिका सिंहको स्वर्णमा ह्याट्रिकसँगै १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालको स्वर्ण संख्या ४५ पुगेको छ ।
गौरिकाले पौडी अन्तर्गत ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण, ५० मिटर ब्यास्ट्रोकमा रजत जित्न सफल भईन । गौरिकाले कुल ३ स्वर्ण र २ रजत जितेकी छिन् ।

जुडोको ४५ केजी तौल समूहमा देविका खड्काले स्वर्ण जितिन् । आईतबार थपिएको पदकसँगै नेपाल ४५ स्वर्ण, ४४ रजत र ७६ काँस्यसहित १३ औ सागको दोस्रो स्थानमा कायम रहेको छ ।

प्रथम स्थानमा रहेको भारतको १३२ स्वर्ण ७९ रजत र ४१ कास्य छ । श्रीलंका ३६ स्वर्ण, ६८ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २९ स्वर्ण, ३४ रजत र ४७ कास्य सहित चौंथो, बँगलादेश ८ स्वर्ण, २८ रजत र ६६ काँस्यसहित पाचौं स्थानमा छ । त्यस्तै मालदिभ्स १ स्वर्ण र २ कास्यसहित छैठौं र भुटान ९ कास्यसहित अन्तिम सातौ स्थानमा रहेको छ ।

यस्तो छ नेपालको स्वर्ण तालिका

तेक्वान्दो

गोविन्द आले (पुम्से ५८ केजी)
कमल श्रेष्ठ (पुरुष एकल)
आयशा शाक्य (२९ वर्षमाथिको पुम्से)
आयशा शाक्य र सञ्जीवकुमार ओझा (२९ वर्षमाथिको मिक्स पुप्से)
पार्वती गुरुङले (२३ देखि २९ वर्ष पुम्से)
सीना मादेन लिम्बु (१७ देखि २३ वर्ष पुम्से)
नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई (२३ वर्षमाथिको स्पर्धा)
वीरबहादुर महरा (पुरुष ६८ केजी मुनी)
काजल श्रेष्ठ (४६ केजी महिला)
संगिता बस्याल (६२ केजी महिला)
सक्षम कार्की (८७ केजी पुरुष)
भुपेन श्रेष्ठले (पुरुष ८७ केजी)

कराँते

मन्डेकाजी श्रेष्ठ (पुरुष काता)
लक्ष्मण तामाङ (५४ केजी)
निर्मला तामाङ, संगिता मगर र सरु काकी (महिला टिम काता)
मन्डेकाजी श्रेष्ठ, महशुश तामाङ र प्रवीण महर्जन (पुरुष टिम काता)
विप्लव लाल श्रेष्ठले स्वर्ण (८४ केजी तौल माथि)
कुसुम खड्का (४५ केजी कुमुते)
अनु अधिकारी (५० केजी कुमुते)
नविन रसाइली (६७ केजी पुरुष कुमिते)
सुनिता महर्जन (६७ केजी महिला कुमिते)

उसु

विजय सिञ्जाली (थाउलो)
सुस्मिता तामाङ (थाउलो)
दिपक हमाल (थाउलो नानगुन)
विजय सिंजाली र सुष्मिता तामाङ (थाउलो)
जुनी राई (महिला ५६ केजी )
निमा घर्ती मगर (नन्डाओ अल राउन्ड)

जुडो

देविका खड्का महिला ४५ केजी जुडो

साइकलिङ

निष्मा श्रेष्ठ (महिला डाउनहिल)
राजेश मगर (पुरुष डाउनहिल)
बुद्धिबहादुर तामाङ (पुरुष क्रस कन्ट्रि)
लक्ष्मी मगर (महिला क्रस कन्ट्रि)

पौडी

गौरिका केसी (महिला २०० मिटर फ्रिस्टाइल)
गौरिका सिंह (महिला २०० मिटर ब्याकस्ट्रोक)
गौरिका सिंह (महिला ४०० मिटर फ्रिस्टाइल)

एथलेटिक्स

सन्तोषी श्रेष्ठ (महिला १० हजार मिटर)
गोपी चन्द पार्की (पुरुष ५००० मिटर )
किरण सिंह बोगटी (म्याराथन)

ट्रायथलन

सोनिका गुरुङ (महिला)
दुवाथोलन
हिमाल टमाटा
भारोत्तोलन
सन्जु चौधरी (महिला ५९ केजी)
विकास थापा (८९ केजी समूह)

कुस्ती

संगिता धामी (महिला ५५ केजी)

गल्फ

सुवास तामाङ (व्यक्तिगत इभेन्ट)
सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ (टिम इभेन्ट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दीपेश महतले जिते विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि

मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)

एनपीएलको फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

एनपिएल : चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

आइपिएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

डेफ फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान