काठमाण्डौँ: १३ औं दक्षिण एसियाली खेलकुद (साग) को नवौं दिन सोमबार १३ खेल बिधामा प्रतिस्पर्धा हुँदैछ।
जसअन्तर्गत आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, कबड्डी, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस र कुस्तीमा प्रतिस्पर्धा हुनेछ।
यीमध्ये महिला फुटबल र आर्चरी पोखरामा र कुस्ती जनकपुरमा हुनेछ । अन्य सबै बाँकी खेलहरु काठमाण्डौंमा हुनेछन्।
पदक तालिकामा आठौं दिनसम्म भारतले १३२ स्वर्णसहित पहिलो स्थानमा छ । ४५ स्वर्णसहित नेपालले १३ औ सागको दोस्रो स्थानमा ।
प्रतियोगिताको आठौं दिनसम्म आईपुग्दा सागको २५१ स्वर्णको छिनोफानो भइसकेको छ। अब ६६ स्वर्णको टुंगो लाग्न बाँकी छ।
प्रतियोगितामा ३१७ स्वर्ण, ३१७ रजत र ४८७ कास्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ ।
त्यसैगरी पाकिस्तान २९, बंगलादेश ८ र माल्दिभ्सले १ स्वर्ण जितेका छन् । भुटान हालसम्म शुन्य स्वर्णमा सिमीत छ ।
