काठमाण्डौ: १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताको आज अन्तिम दिन हो जसमा पाँच खेलबिच प्रतिस्पर्धा हुदैछ ।
मंगलबार हुने खेलमा फूटबल, बक्सिङ, बास्केटबल, स्क्वास र जुडोका खेलहरु हुनेछन्।
पुरुष फुटबलको स्वर्णपदकका लागि नेपाल र भुटानबीच आजै दिउँसो ३ बजे दशरथ रंगशालामा खेल हुनेछ ।
सागको इतिहासमै पहिलो पल्ट भुटानी फुटबल टिम पनि फाइनल पुगेको छ । यो सागमा भुटानले एउटा पनि स्वर्ण पदक जितेको छैन्।
आज बक्सिङमा दिउँसो १ बजेदेखि सातदोबाटोमा सुरु हुनेछ, बास्केटबलको महिला तथा पुरुषतर्फका फाइनल खेल आज दिउँसो त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुनेछन्।
त्यस्तै पुरुष बास्केटबलमा भारत र श्रीलंका तथा महिलातर्फ नेपाल र भारतबीच प्रतिष्पर्धा हुनेछन ।
जुडोमापनि आज एक स्वर्ण पदकका लागि खेल हुनेछ भने दुई स्वर्ण पदकको छिनोफानो हुने स्क्वास टिम स्पर्धामा महिला र पुरुषको फाइनल खेल हुनेछ्न ।
गत १५ मंसिरदेखि सुरु साग खेलकुदको समापन कार्यक्रम बेलुका ५ बजे सुरु हुनेछ।
सो समापन कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देशमार्फत् सम्बोधन गर्ने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छ्न ।
