काठमाण्डौं: प्रदेश ३ सरकारले दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता नेपाली खेलाडीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
सोमबार मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा हेटौडामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
सागमा स्वर्ण विजेतलाई एक लाख, रजत विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई २५ हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिएका छन् ।
खेलकुदको विकास गर्न तथा खेलाडीलाई प्रोत्साहन गर्न प्रदेश सरकारले यस्तो निर्णय गरेको मन्त्री जम्कट्टेलले बताएका छन् । उनले प्रदेश सरकारले खेलकुदको विकासलाई आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको पनि बताएका छन् ।
