काठमाण्डौः चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ ।
ह्रदयघातबाट पिडित भट्टराई एक्कासी बिरामी भएपछि उपचारको लागी गएराति अनामनगरस्थित घरबाट ओम अस्पतालतर्फ लैजादै गर्दा सवा १० बजे बाटोमा नै निधन भएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताएका छन् ।
तीन दशक भन्दा लामो समयदेखी नेपाली चलचित्र क्षेत्रमा योगदान गरेका भट्टराइले आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा ब्रासलेट, यात्रा, छोडी गए पाप लाग्ला, सो सिम्पल’ लगायत थुप्रै चलचित्र निमार्ण गरेका छन् ।
५१ वर्षीय भट्टराई एक वर्षअघि चलचित्र विकास बोर्डमा नियुक्त भएका थिए । मृतक भट्टराईका एक छोरा र एक श्रीमती छन् । भट्टराईको पार्थीव शरिरलाई सोमबार पोस्ट्मार्टम गरिने जनाइएको छ।
