शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौः प्रधानसेनापति महिला फुटबल अन्तर्गत एपिएफ क्लब र सिक्किमबिच भएको खेलमा एपिएफ क्लबले सिक्किम माथि १९ गोल गरेको छ ।
खेलमा एपिएफकी सावित्रा भण्डारी सम्बाले सिक्किम विरुद्ध ९ गोल गर्दै १९-० ले पराजित गरेको छ ।
लगनखेल स्थित नेपाली सेनाको खेलमैदानमा भएको खेलमा सावित्रासँगै राष्ट्रिय टोलीकी पूर्व सदस्य अनु लामाले ४ गोल, अनिता बस्नेतले ३ गोल र रेनुका नगरकोटीले २ गोल गरेकी थिइन् ।
पहिलो हाफमा १० गोल गरेको एपिएफले दोस्रो हाफमा ८ गोल थपेको थियो ।
