सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

काठमाण्डौं म्याराथनको उपाधि त्रिभुवन आर्मीका नरेन्द्रलाई, महिलातर्फको उपाधिमा एपिएफकी कान्छिमायाको ह्याट्रिक

२०७६ पुष ५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं: १३ औं संस्करणको काठमाडौं म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावलले हात पारेका छन् ।

निर्धारित दुरी २ घण्टा ३३ मिनेट १० सेकेण्डमा पुरा गर्दै रावलले उपाधि जितेका हुन । आर्मीकै बेदबहादुर सुनार २ घण्टा ३४ मिनेट २० सेकेण्डमा निर्धारित दूरी पार गर्दै दोस्रो भए । २ घण्टा ३४ मिनेट ४५ सेकेण्डको समयसहित आर्मीकै ज्ञानप्रसाद भट्टराई तेस्रो भए ।

महिलातर्फको उपाधि कान्छीमाया कोजुले जितेकी छिन् । निर्धारित दुरी २ घण्टा ५७ मिनेट २७ सेकेण्डमा पुरा गर्दै कान्छीमायाले उपाधि जितेकी हुन् । यससँगै काठमाडौं म्याराथनमा लगातार तेस्रो वर्ष उपाधि जित्दै ह्याट्रिक पुरा गरेकी छिन् । म्याराथनतर्फको विजेताले ५० हजार, दोस्रो हुनेले २० हजार र तेस्रोले १५ हजार पुरस्कार प्राप्त गरेका छन् ।

त्रिपुरेश्वरवाट शुरु भएको म्याराथन वानेश्वर कोटेश्वर एयरपोर्ट, गौशाला, नक्साल लौनचौर, दरवारमार्ग हुँदै रंगशालामै आएर समापन भएको थियो । हाफ म्याराथनको उपाधि पनि आर्मीकै राजन रोक्का र पुर्णलक्ष्मी न्यौपानेले जितेका छन् ।

पुरुषतर्फ रोक्का निर्धारित दूरी १ घण्टा १० मिनेट २६ सेकेण्डमा पुरा गर्दै पहिलो भएका हुन । त्यस्तै महिलातर्फ न्यौपानेले १ घण्टा २८ मिनेट ०३ सेकेण्डमा पार गरेर न्यौपाने उपाधि हात पारिन ।

हाफ म्याराथनतर्फ विजेताले २० हजार पुरस्कार जितेका छन । त्यस्तै पाँच किमीको खुल्ला दौडको उपाधि भने अजितकुमार यादव र सरस्वती भट्टराईले जिते ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दीपेश महतले जिते विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि

मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)

एनपीएलको फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

एनपिएल : चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

आइपिएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

डेफ फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान