काठमाण्डौ: निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले प्रिपेड ग्राहकहरुलाई आफ्नो नेटवर्क भित्र रात्रीकालिन समयमा असीमित कुराकानीको लाभ अफर ल्याएको छ ।
एनसिएलले पछिल्लो पटक सार्वजनिक गरेको अनलिमिटेड नाइट भ्वाइस प्याक अन्तर्गत बेलुका १० बजेदेखि बिहान ६ बजेसम्म मात्र १२.७७ रुपैयाँ करसहित असीमित कुराकानी गर्न सकिने छ ।
प्याक सुचारु गर्न चाहने एनसेलका ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ३ ह्यास डायल गरी प्याक सुचारु गर्न सक्छन् ।
त्यस्तै एसएमएस मार्फत पनि यो प्याक सुचारु गर्न ग्राहकले अंग्रेजीको ठूलो अक्षर ‘एनयु’ टाइप गरी १७११८ मा एसएमएस पठाउन सकिने एनसेलले जनाएको छ ।
प्याक सुचारु गरेपछि २४ घण्टाको लागि मान्य हुने कम्पनीले जनाएको छ । यो अफर आगामी ४ चैतसम्म सञ्चालनमा रहनेछ ।
