काठमाण्डौ: कमेडी किंग कपिल शर्मा र सुनील ग्रोवर अलग भएपछि पुन: एउटै फ्रेममा आएका छ्न् ।
बिगतमा सुनील ग्रोवर कपिलको हर्कतका कारण उनिहरु एक अर्कादेखि टाढा भएका थिए ।
सुनिल र कपिल बिचको बोलचाल बन्द भएसँगै उनिहरुलाई नोक्सान समेत भएको थियो । कपिलको शो लाई धक्का समेत पुगेको थियो भने सुनिल पनि डिप्रेसनमा पुगेका थिए ।
त्यस्तै कपिलले केही समयको लागि शो नै बन्द गर्नुपर्ने अवस्था सृजना भएको थियो ।
कपिल शर्माको डुब्दै गरेको करियरलाई उकास्ने बलिउडका किङ सलमान खानले फेरि एक पटक कपिल र सुनिललाई मिलाउन लागिपरेका छन् ।
सलमान खान कपिल शर्माको राम्रो साथिको रुपले चिनिन्छन भने उता सलमानले सुनील ग्रोवरको लागी आफ्नो चलचित्र भारतमा मौका दिएका थिए ।
कपिल शर्माले आफ्नो इंस्टाग्राममा एउटा तस्वीर शेयर गरेका छन् जसमा उनि सुनील ग्रोवरको साथ देखिन्छन् । जुन तस्वीर सलमान खानको भाई सोहेल खानको जन्मदिनको पार्टिको हो ।
