काठमाण्डौंः शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आजको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लबले लिगमा लगातार दोस्रो जित हात पारेकाे छ।
साेमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउदै मनाङले लिगको शीर्ष स्थानमा कायम गरेकाे छ ।
मनाङका लागि दयानन्द सिंहले इन्ज्युरी टाइममा निर्णायक गोल गर्दै जित सुनिश्चित गरे।
मनाङका कप्तान लगायत धेरै स्टार खेलाडीहरु मछिन्द्र क्लव गएपनि मनाङ याे सिजनमा बलियो देखिएको छ।
मनाङले पहिलो खेलमा मनाङले विभागिय टिम एपिएफलाई पराजित गरेको थियो त्यस्तै आर्मीले फ्रेन्ड्स क्लवमाथि जित निकनलेकाे थियाे ।
आजै हुने दोस्रो खेल ३ बजेदेखि सुरू हुँदै छ । खेलमा थ्री स्टार क्लबले नेपाल पुलिस क्लबसँग खेल्नेछ।
