काठमाण्डौः नेपाल दूरसञ्चार कम्पनीको १२ औं साधारण सभा आगामी पुस २९ गते गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको सञ्चालक समितिको बैठकले दुरसञ्चार कम्पनीको साधारण सभा पुष २९ गते दिउँसो १ बजे आर्मी अफिसर्स क्लव, काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफा रकमबाट शेयरधनीको लागि प्रतिशेयर रू. ४५ का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गर्ने भएको छ ।
साधारण सभाको अन्य प्रस्तावमा कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने, कम्पनीको मौज्दातमा रहेको रकम बैंक, वित्तिय संस्था, धितोपत्र तथा ऋण पूँजीमा लगानी गर्ने, अन्य सेवामूलक कम्पनी खोल्ने वा त्यस्ता कम्पनीमा लगानी गर्ने रहेको छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका पुस १५ गतेदेखि २९ गतेसम्म बन्द हुनेछ ।
पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कम्पनीको शेयर रजिष्ट्रर्ड किताबमा कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश पाउनेछन् ।
