काठमाण्डौः फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स सञ्चालक समितिको बैठकले सातौं वार्षिक साधारण सभा पुस २९ गते गर्ने निर्णय गरेको छ ।
कम्पनीको पुस ७ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले सातौं वार्षिक साधारण सभा आगामी पुस २९ गते बिहान १०:३० बजे कम्पनीको केन्द्रीय कार्यालय दुहवी, सुनसरीमा गर्ने निर्णय गरेको हो ।
उक्त कम्पनीले शेयरधनीको लागि चुक्तापूँजीको ३२ दशमलव ५० प्रतिशत बोनस शेयर र १२ दशमलव ५० प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ ।
त्यस्तै पुस २९ गते बस्नेत साधारण सभाको प्रस्तावमा कम्पनीको नाम परिवर्तन गर्ने, पूँजी वृद्धि गर्ने, कम्पनीको नियमावलीमा संशोधन गर्ने, अन्य कुनै ‘घ’ वर्गका वित्तिय संस्थालाई मर्ज गराउने प्राप्ति गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विषयहरु राखिएको छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका पुस १५ गतेदेखि २९ गतेसम्म बन्द हुनेछ ।
