सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

दर्शक तान्‍न एन्फाको उपहार योजना सार्वजनिक

२०७६ पुष ९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः दशरथ रङ्‍गशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दर्शकको उपस्थिति कम भए पश्चात् अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपहार याेजना ल्याएको छ।

शीर्ष डिभिजनका १४ टोली सहभागी लिगमा दुई चरणका खेल सम्पन्न भइसकेका छन्। तर, राष्ट्रिय फुटबलको मेरूदण्ड मानिने लिगअन्तर्गत १४ खेल हुँदा रङ्‍गशालाका प्यारापिट खाली छन् । १२ हजारभन्दा बढी दर्शक क्षमताको दशरथ रङ्‍गशाला तथा ४ हजार हाराहारीमा दर्शक बोलाउन सक्ने एन्फा कम्प्लेक्समा भएका अधिकांश खेलमा १/२ सयमात्र दर्शक उपस्थित भएपछि एन्फा आत्तिएको थियो।

देशकै सबभन्दा लोकप्रिय खेल फुटबलको पुरूषतर्फ गत महिना सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्ण पदक जितेको थियो। त्यसक्रममा २३ वर्षमुनिको राष्ट्रिय टोलीले खेलेका हरेक खेलमा दशरथ रङ्‍गशालाले दर्शकको चाप थेग्न सकेको थिएन। तर, सागलगत्तै सुरु गरिएको शीर्ष डिभिजनको लिगमा दर्शकको चासो उदेकलाग्दो भएपछि एन्फाले दर्शकलक्षित पुरस्कारहरुको व्यवस्था गरेको छ।

एन्फाले प्रत्येक राउण्ड र लिग समाप्तीपछि दिइने दुई खाले उपहार योजना सार्वजनिक गरेको छ । जसअनुसार प्रत्येक राउण्डको समाप्तीमा २०० रुपैयाँको टिकट खरिद गर्ने २० जना दर्शकलाई आकर्षक उपहार र ५०० रुपैयाँको टिकट खरिद गर्ने ५ जनालाई राष्ट्रिय टिमको जर्सी प्रदान गर्नेछ । तेस्रोदेखि १३औं राउण्डमा पुग्दा २७५ दर्शक पुरस्कृत हुने एन्फाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दीपेश महतले जिते विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि

मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)

एनपीएलको फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

एनपिएल : चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

आइपिएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

डेफ फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान