सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नेपाल भ्रमण वर्षको जिम्मा विदेशी विमान कम्पनीलाई

२०७६ पुष ९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: नेपाल भ्रमण वर्ष सचिवालयले निजी लगानीको विदेशी वायुसेवा कम्पनी टर्कीस एयरलाइन्सलाई भ्रमण वर्षको आधिकारिक एयरलाइन्स तोकेको छ ।

यो कम्पनीसँग सचिवालयले ४ पुसमा सम्झौता गरेको हो । विदेशी निजी कम्पनीलाई यस्तो जिम्मा दिएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम असन्तुष्ट देखिएको छ ।

निगमले आधिकारिक एयरलाइन्स बन्न सरकारसँग ईच्छा व्यक्त गरेको थियो । तर, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई उपेक्षा गर्दै विदेशी एयरलाइन्ससँग सम्झौता गरिएको भन्दै निगम असन्तुष्ट बनेको हो ।

चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो चौमासिक समिक्षाका बेला निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसमक्ष आधिकारिक एयरलाइन्सका लागि अपेक्षा गरिएको जानकारी गराएको थियो ।

नेपाल वायुसेवा निगमले मन्त्रालयमा गरेको प्रस्तुतिमा भनिएको थियो, ‘भिजिट नेपाल इयर लोगो एयरबस जहाजमा राख्न ग्लोबल सील कोटेसन माग गरिसकिएको छ । सोका लागि मन्त्रालयबाट आधिकारिक एयरलाइन्सको लागि अपेक्षा गरिएको छ ।’

भ्रमण वर्ष सचिवालयले अफिसियल एयरलाइन्सका रुपमा सम्झौता गरेको कम्पनीले काठमाडौंलाई एक गन्तव्य (टर्की) मा मात्र जोड्छ । नेपाल एयरलाइन्सले अहिले ९ गन्तब्यमा काठमाडौंलाई जोडिरहेको छ । निकट भविश्यमा चीनसहित १० गन्तव्यमा जोड्दैछ ।

टर्कीस एयरलाइन्स र भ्रमण वर्ष सचिवालयबीच भएको सम्झौता अनुसार नेपाल भ्रमण वर्ष सचिवालयको अफिसियल एयरलाइन्स टर्कीस एयरलाइन्स हुने छ । सचिवालयले बेलायतसहित यूरोप र अमेरिकामा सामान ढुवानी गर्न टर्कीस एयरलाइन्स प्रयोग गर्ने भएको छ । अमेरिका र यूरोपमा हुने ट्राभल एण्ड टूर्स फेयरमा नेपाल भ्रमण वर्ष र टर्की एयरलाइन्सले संयुक्त रुपमा प्रचार गर्ने छन् । नेपाल भ्रमण वर्षको रिर्पोटिङ गर्न आउने निश्चित पत्रकारलाई कम्पनीले हवाई भाडा व्यहोरिदिने भएको छ ।

भ्रमण वर्ष सचिवालयका उच्च अधिकारीहरु भने भ्रमण वर्षका दौरान एकभन्दा बढी वायुसेवा कम्पनीलाई समेत ‘अफिसियल एयरलाइन्स’ बनाउन सक्ने तर्क गर्छन् ।

भ्रमण वर्ष सचिवालयका सदस्यसचिव बच्चुनारायण श्रेष्ठले भने, ‘एक भन्दा बढी एयरलाइन्स यो अभियानको अफिसियल पार्टनर बन्न सक्छन् ।’ कम्पनीहरु सहकार्यका लागि प्रस्तावसहित आए सचिवालय सम्झौता गर्न तयार रहेको उनले उल्लेख गरेका छन ।

यता, निगमका अधिकारीहरु भने सरकारी स्वामित्वको कम्पनी भएका कारण स्वतः आधिकारिक एयरलाइन्स निगम नै भएको बताउँछन् ।

‘हामी सरकारी निकाय हौं, सरकारी अभियान नै भएकाले हामी स्वतः आधिकारिक एयरलाइन्स हुनुपर्ने हो,’ निगमका सहप्रवक्ता सुलेख मिश्रले भने । तर, अब टर्कीसले नेपाल भ्रमण वर्षको आधिकारिक एयरलाइन्सका रुपमा लोगो प्रयोग गर्ने अधिकार पाएको छ । यसले सरकारी संस्थानलाई सरकारले नै वेवास्ता गरेको अर्थमा निगमका अधिकारीले बुझेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

तरकारीखेतीबाट वार्षिक २५ लाख आम्दानी

इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

पर्वतारोहणबाट ३३ करोड ४२ लाख आम्दानी

सुनचाँदीको मूल्य घट्यो,कारोबार कत्तिमा हुदैछ

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत

वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा सार्वजनिक