काठमाण्डौ: समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
बुधबार बसेको पार्टीका पदाधिकारी एवं कार्यकारिणी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
तत्कालिन संघीय समाजवादी फोरम, नेपाल तथा तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच अघिल्लो बर्ष जेष्ठ १४ गते दुई बुँदे शर्त सहित सरकारमा सामेल भएको समाजबादी पार्टीले सरकारबाट अलग भएको भोलीपल्ट सरकालाइ दिएको समर्थन फिर्ता लिएको हो ।
संसदिय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष उपेन्द्र यादवले दुईबुँदे सहमतिबाट सरकार पछाडि हटेको तथा सहमतिलाई एकतर्फी रूपमा तोडेकोले वर्तमान सरकारबाट वहिर्गमन हुन परेको जानकारी दिए ।
बुधबार बसेको पार्टी कार्यकारिणी बैठकले के पी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिई आजकै मितिदेखि लागु हुने गरी संसदमा प्रतिपक्ष रही रचनात्मक र सृजनात्मक रूपले सकारात्मक भूमिका निर्वाह गर्ने बताएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले सोमबारको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनको प्रस्ताव राख्दा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्विकार गरेपछि मंगलबार उपप्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

