सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सातौं प्रधानसेनापति कपः महिला फुटबलको उपाधि एपिएफलाई

२०७६ पुष ९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: सशस्त्र प्रहरीको एपिएफ क्लब सातौं प्रधानसेनापति कप महिला फुटबलको विजेता बनेको छ।

भद्रकालीस्थित नेपाली सेनाको तालिम केन्द्रमा भएको फाइनल खेलमा आयोजक त्रिभुवन आर्मी क्लबमाथि २-० गोल अन्तरको जित निकाल्दै एपिएफले पाँचौ पटक उपाधि आफ्नो पक्षमा पारेको हो । एपिएफको जितमा सरु लिम्बू र रेखा पौडेलले गोल गरिन् ।

खेलको ५ औं मिनेटमा सरुले सुरुवाती अग्रता दिलाएकी थिइन् । खेल सकिन १ मिनेट बाँकी रहेको अवस्थामा रेखाले गोल गरेपछि एपिएफले उपाधिसँगै ३ लाख रुपैयाँ सुरक्षित गरेको हो । उप-विजेता आर्मीले १ लाख ५० हजार प्राप्त गर्योु ।

यो जितसँगै एपिएफले लगातार ३ पटक आर्मीलाई फाइनलमा हराउँदै उपाधि आफ्नो पक्षमा पारेको हो । यसअघि पाँचौ र छैटौ प्रधानसेनापति कपको फाइनलमा आर्मीलाई एपिएफले हराएको थियो।

सेमिफाइनलमा स्थान बनाउन सफल बनेको नेपाल पुलिस क्लब र भुटानी राष्ट्रिय टोलीले समान ५०/५० हजार प्राप्त गरे । लिग चरणको खेलमा समेत एपिएफले आर्मीमाथि ४-२ गोल अन्तरको जित निकालेको थियो ।

उपविजेता टिमकी दिपा राई सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले स्कुटर प्राप्त गरिन्।

एपिएफकी सावित्रा भण्डारी प्रतियोगिताको उत्कृष्ट फरवार्ड घोषित भइन् ।

त्यसैगरी एपिएफकी एन्जिला तुम्वापो सुव्वा उत्कृष्ट गोलकिपर, एपिएफकै जनक सिंह उत्कृष्ट प्रशिक्षक, आर्मीकी पूजा राना उत्कृष्ट डिफेन्डर र भुटानकी पेमा छोडेन छिरिङ उत्कृष्ट मिडफिल्डर घोषित हुँदै जनही १०/१० हजार प्राप्त गरे।

उदयमान खेलाडी आर्मीकी विमला विक घोषित भइन् । उनलाई सैनिक श्रीमती संघले नगद २५ हजार प्रदान गर्यो ।

मंसिर २९ गतेबाट सुरु भएको प्रतियोगितामा २ विदेशी टोलीसहित ८ टिमको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दीपेश महतले जिते विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि

मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)

एनपीएलको फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

एनपिएल : चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

आइपिएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

डेफ फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान