काठमाण्डौ: संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले मुलुकको विकासका लागि एउटा पुस्ताले बलिदान गर्नुपर्ने बताएका छन् ।
शनिबार पोखरामा मन्त्री भट्टराईले अब कस्तो व्यवस्था ल्याउने भन्ने युग सकिएकोले कस्तो सामाजिक व्यवस्था ल्याउने भन्ने प्रतिस्पर्धा गर्न तर्फ लाग्नुपर्ने बताएका हुन् ।
लोकतान्त्रिक अभ्यासमा आफुहरु खाँरिदै, परिपक्व हुँदै गएको भन्दै राजनीतिक व्यवस्था परिवर्तनको युग सकिएकोले अब विकास र समृद्धीको दिशामा अगाडि बढ्ने युग सुरू भएको बताएका छ्न् ।
पोखरामा शनिबारदेखि सुरू सडक महोत्सबको उद्घाटन गर्दै मन्त्री भट्टराईले नेपाल भ्रमण बर्ष २०२० को उद्घाटनमा झण्डै १ दर्जन देशका पर्यटनमन्त्री र उच्च अधिकारी सहभागी हुनेकुरा पत्रकारहरुसँग व्यक्त गरे।
हालसम्म चीन, भारत, म्यानमार, युएइ, अफ्रिका, कम्बोडिया, बँगलादेश, कतार लगायतका देशबाट पर्यटनमन्त्री र उच्च अधिकारी पर्यटन बर्ष घोषणा सभामा सहभागी हुने सुनिश्चित भएको समेत बताएका छ्न् ।
त्यस्तै मन्त्री भट्टराईले पर्यटन बर्ष २०२० को घोषणा कार्यक्रम जनवरी १ का दिन काठमाडौं र सातवटै प्रदेशबाट गरिने जानकारी दिए ।
अहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बार्षिक १३ प्रतिशत यात्रुको वृद्धी हुने गरेको भन्दै उनले अहिले ७२ लाख जनालाई सेवा दिएको बताए।
