काठमाण्डौं: प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका डेढ दर्जन कार्यकर्ता राजधानीबाट पक्राउ परेका छन् ।
एमसिसी परियोजना र सिमा अतिक्रमणको बिरोधमा काठमाडौको वाल्मिकी क्याम्पसबाट निकाल्न खोजिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर विप्लव समुहका पूर्व केन्द्रीय सदस्य मकर गुरुङ सहित नेता कार्यकर्ताहरूलाइ पक्राउ गरेको हो ।
काठमाण्डौ प्रहरी परिषदका प्रवक्ता होविन्द्र बोगटीले भने काठमाण्डौको प्रदर्शनीमार्गमा कार्यक्रम गर्ने क्रममा १३ जना पुरुष र २ जना महिलालाई पक्राउ गरिएको जानकारी दिए ।
सरकार विरोधी कार्यक्रम गर्न थालेपछि उनीहरुलाई पक्राउ गरिएको र उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रवक्ता बोगटीले जनाएका छ्न् ।
विप्लव समूह निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी लगायतका जनबर्गिय संगठनहरूले प्रदर्शनीमार्गमा सरकारले सीमा अतिक्रमणका विषयमा केही नबोलेको भन्दै पूर्वघोषित विरोध कार्यक्रम राखेको थियो ।
पक्राउ परेका सबैलाइ प्रहरीले पुलिस क्लब भृकुटीमण्डपमा राखेको बताइएको छ ।
