सदाबहार खबरको रफ्तार ....
बैसाख ३१, २०८१ सोमबार
May 13, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

क्यूआर कोडबाट वाई-फाईको पासवर्ड थाहा पाउने सजिलो तरिका

२०८० श्रावण १२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्लो समय विभिन्न क्षेत्रमा क्यूआर कोडको प्रयोग व्यापक रूपमा बढेको छ । सामान खरिद गरिसकेपछि भुक्तानी गर्न होस् वा कुनै ठाउँको बारेमा जानकारी लिन, क्यूआर कोड स्क्यान गरे सबै जानकारी मोबाइलमा आइपुग्छ ।

वाई-फाई पासवर्डका सन्दर्भमा पनि क्यूआर कोड स्क्यान सामान्य भएको छ । पुरानो मोडेलका कतिपय स्मार्टफोनमा वाई-फाई पासवर्ड शेयर गर्ने सुविधा हुँदैन । तर, पछिल्लो समय बजारमा आएका अधिकांश स्मार्टफोनमा क्यूआर स्क्यान गर्ने सुविधा दिइएको हुन्छ ।

क्यूआर कोड स्क्यान गरेर वाई-फाई कनेक्ट हुने सुविधा सबै डिभाइसमा नहुन सक्छ । त्यसैले आज हामी वाई-फाईको क्यूआर कोडबाट पासवर्ड कसरी थाहा पाउन सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौं ।

गुगल लेन्सको प्रयोग

कतिपय डिभाइसमा सोझै वाई-फाईको सेटिङमा हुने स्क्यानरको अप्सनमा गई क्यूआर कोड स्क्यान गर्दा सजिलै वाई-फाई कनेक्ट गर्न सकिन्छ ।

त्यस्तै कतिपय डिभाइसको क्यामेरामा पनि क्यूआर स्क्यान गर्ने सुविधा दिइएको हुन्छ । त्यसबाट पनि सजिलै क्यूआर कोड स्क्यान गरी वाई-फाई कनेक्ट गर्न सकिन्छ । तर, सबै डिभाइसमा यस्तो सुविधा हुँदैन ।

माथि उल्लेखित फिचर नभएका डिभाइसमा तपाईंले गुगल लेन्स प्रयोग गरी क्यूआर स्क्यान गर्न सक्नुहुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

– सबैभन्दा पहिले डिभाइस इन्टरनेटमा कनेक्ट भएको हुनुपर्छ । त्यसका लागि डेटा अन गर्न सक्नुहुन्छ । त्यसबाहेक पनि वाई-फाईको पासवर्ड शेयर गर्नेको मोबाइलमा वाई-फाई कनेक्ट छ भने त्यसैको प्रयोग गरेर पनि पासवर्ड थाहा पाउन सक्नुहुन्छ ।

– मोबाइलमा इन्टरनेट कनेक्ट भइसकेपछि तपाईंको फोनमा भएको गुगल लेन्समा जानुहोस् । (गुगलको विजेटमा पनि लेन्सको अप्सन हुन्छ ।

– त्यसपछि आफूले स्क्यान गर्न चाहेको पासवर्ड छान्नुहोस् ।

– त्यति भयो भने उक्त वाई-फाई नेटवर्कको पासवर्ड तल देखिन्छ ।

– त्यसपछि सोही पासवर्ड राखेर वाई-फाई कनेक्ट गर्न सक्नुहुन्छ ।

स्क्यानर एपको प्रयोग

इन्टरनेटमा कनेक्ट नभएको अवस्थामा तपाईंले स्क्यानर एपको प्रयोग गरी क्यूआर स्क्यान गर्नुपर्ने हुन्छ । तर, यसका लागि तपाईंले पहिले नै डिभाइसमा स्क्यानर एप इन्स्टल गरेको हुनुपर्छ ।

यदि तपाईंको डिभाइसमा स्क्यानरको अप्सन वा एप छ भने कुनै एप इन्स्टल गर्नु पर्दैन । यदि छैन भने यहाँ क्लिक गरी एप इन्स्टल गरेर राख्नुहोस् । सबै किसिमका क्यूआर कोड स्क्यान गर्ने भएकाले पछिका लागि पनि तपाईंलाई यो एप उपयोगी हुनसक्छ ।

एप डिभाइसमा इन्स्टल भइसकेपछि तलको प्रक्रिया अपनाएर वाई-फाईको पासवर्ड थाहा पाउन सक्नुहुन्छ ।

– सबैभन्दा पहिले क्यूआर स्क्यानर एप खोल्नुहोस् ।

– यदि अर्को डिभाइसमा क्यूआर कोड छ भने आफ्नो डिभाइस क्यूआर कोड भएको डिभाइसमाथि लगि स्क्यान गर्नुहोस् ।- तर, क्यूआर कोडको फोटो तपाईंको ग्यालरीमा छ भने एप खोल्ने बित्तिकै माथि देखिने ग्यालरीको अप्सनमा ट्याप गर्नुहोस् । अनि आफूले स्क्यान गर्नुपर्ने क्यूआर कोड छान्नुहोस् । यति गरेपछि उक्त वाई-फाईको पासवर्ड पाउन सक्नुहुन्छ ।

– त्यसपछि सोही पासवर्ड प्रयोग गरेर विभिन्न डिभाइसमा वाई-फाई कनेक्ट गर्न सकिन्छ । टेकपाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित

माइक्रोसफ्टलाई पेटेन्ट प्रकरणमा अदालतको झट्का, २४० मिलियन डलर तिर्न आदेश

भिभोले ल्यायो पर्फेक्ट मदर्स डे उपहार

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु

सीप मेलामा मोवाइल रिपेयरिङ र टेलरिङमा अत्यधिक छाप

Gorkhapatra enters 124th year of publication

डीभीको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न

चन्द्रमाबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान

अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

सूचना-प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँः प्रधानमन्त्री