काठमाण्डाैंः संघिय संसदको आज बस्ने बैठकले दोस्रो पटक संविधान संशोधन विधेयक पारित हुने भएको छ ।
सरकारले भारतले अतिक्रमण गरेको नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा जारी भएसँगै निशान छाप संशोधन गर्न संविधान संशोधन विधेयक पास हुन लागेको हो । शनिवार बस्ने संसद बैठकमा संविधान संशोधन विधेयक कार्यसूचिमा राखिएको छ ।
सरकारले सदनमा प्रस्तुत गरेको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, जनता समाजवादी पार्टीले गरिसकेका छन् । संघीय संसदका महासचिव डा. भरत गौतमका अनुसार संविधान संशोधनको प्रस्तावमाथि भोली संसदमा मतदान हुँदैछ ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ माथिको दफाबार छलफल सदनमा गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।
