सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

विप्लव समूहका सुनसरी जिल्ला इञ्चार्ज पेस्तोलसहित धरानबाट पक्राउ

२०७७ असार ११, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेकपा विप्लव समूहको सुनसरी जिल्ला इञ्चार्ज धरानबाट हतियारसहित पक्राउ परेका छन् ।

धनकुटाको शहिदभुमी गाउँपालिका–६ घर भएका २७ बर्षीय रोशन राईलाई बुधबार राति धरान १५ बाट प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्याल धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार उनलाई बिशेष सूचनाको आधारमा १ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका राई नेकपा विप्लव समूहको जिल्ला इञ्चार्जको जिम्मेवारीमा भएको पनि डिएसपी बस्नेतले बताए । बुधबार पक्राउ परेका राईलाई आज (बिहिबार) बिहान सोधपुछ गर्ने क्रममा उनको मोटरसाइकलको सिटमुनी प्लाष्टिकभित्र लुकाएको अवस्थामा हतियार र गोली समेत वरामद भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको सिटमुनि मेडि इन युएसए अटोमेटिक पेस्तोल लेखिएको एक थान वरामद भएको छ भने एक थान म्याग्जीन र त्यसमा लोड भएको ३ राउण्ड गोली पनि वरामद भएको छ ।

निजको साथबाट २ थान मोवाइल र ६ थान सिम पनि वरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई हातहतियार खरखजना मुद्दामा अनुसन्धानका लागि म्याद थप भई अनुसन्धान जारी रहेको डिएसपी बस्नेतले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

भीमफेदी कारागारबाट भागेका मोक्तान हेटौंडा बसपार्कबाट पक्राउ

कात्तिकमा ७० लाखको सामान बरामद

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ