सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

समुन्द्रमा बिछाइएको फाइबर अप्टिक फाइबरमा समस्या, स्लो हुन सक्छ इन्टरनेट !

२०८१ बैसाख १५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः धेरै पटक हामी इन्टरनेट ढिलो भएको पाउछौं । इन्टरनेट सुस्त हुनुमा धेरै कारणहरू छन् ।

कहिले लोकल टावरका कारण कनेक्टिभिटी नहुँदा त कहिले फोन वा लोकल केबलमा गडबडीका कारण ढिलो इन्टरनेटको सामना गर्नुपर्ने हुन्छ । पछिल्ला केही दिनदेखि धेरैले इन्टरनेट ढिलो भएको गुनासो गरिरहेका छन् र यो समस्या भविष्यमा पनि रहिरहने सम्भावना छ । समुन्द्र मुनि बिछ्याइएको फाइबर अप्टिकल केबलमा अवोर्ध भएको समाचार आएको छ ।

समुन्द्र मुनि धेरै ठाउँमा फाइबर अप्टिकल केबल बिग्रिएकाले नेपालसहित भारत, पाकिस्तान, सिङ्गापुर लगायत एसियाका धेरै देशहरुमा सुस्त इन्टरनेटको समस्या हुन सक्ने प्रतिवेदनमा उल्लेख छ । युरोपेली देशहरू पनि यसबाट प्रभावित हुन सक्छन् ।

प्राप्त जानकारी अनुसार सिङ्गापुरलाई पाकिस्तान र युरोप जोड्ने फाइबर अप्टिक केबल इन्डोनेसिया नजिकका धेरै क्षेत्रमा बिग्रिएर दक्षिणपूर्वी एसिया, मध्यपूर्व र युरोपका इन्टरनेट सेवा प्रभावित भएको छ । यी तार मर्मत गर्न महिनौं लाग्ने बताइएको छ ।

यस क्षतिका कारण पाकिस्तान टेलिकम कर्पोरेशन लिमिटेड र ट्रान्सवर्ल्डको सेवा ठूलो मात्रामा अवरुद्ध भएको छ । पाकिस्तानका इन्टरनेट प्रयोगकर्ताहरूले यसबारे लगातार गुनासो गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सूचना प्रविधिको क्षेत्रबाट मूल प्रवाहमा जोडिँदै कर्णाली

हाट बजार एपको दोस्रो संस्करण सार्वजनिक, २६ हजार पुगे प्रयोगकर्ता

विश्वमा साइवर अपराधको बिगबिगी

च्याटजिपिटीको नयाँ संस्करण जिपिटी-४० लन्च

एनसेलले ल्यायाे सधै अन प्लान, डेटा सकिएपनि अब ब्यालेन्स नकाटिने

चिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो

रासस प्रधानसम्पादक र प्रमुख समाचारदाताको जिम्मेवारी हेरफेर

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित

माइक्रोसफ्टलाई पेटेन्ट प्रकरणमा अदालतको झट्का, २४० मिलियन डलर तिर्न आदेश

भिभोले ल्यायो पर्फेक्ट मदर्स डे उपहार

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु

सीप मेलामा मोवाइल रिपेयरिङ र टेलरिङमा अत्यधिक छाप