सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नेपाल र भारतका प्राज्ञलाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

२०८२ चैत्र २९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २९ चैतः नइ एकेडेमीद्वारा काठमाडौँमा आयोजित तीन दिने ‘नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आज सम्पन्न भएको छ । नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईंले समालोचक प्राडा वासुदेव त्रिपाठीलाई ‘नइ प्रज्ञा पुरस्कार’ र ‘नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन पदक’बाट विभूषित गर्नुभयो ।

सोअवसरमा समालोचक प्राडा त्रिपाठीले नेपाल र भारतका २६ जना प्राज्ञलाई ‘नइ प्रज्ञा पुरस्कार’ र ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन पदक’बाट विभूषित गर्नुभयो ।

नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक सम्वर्द्धनका साथै ‘नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिमा समेत योगदान दिएबापत उहाँहरूलाई ‘नइ प्रज्ञा पुरस्कार’ र ‘नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन पदक’बाट विभूषित गरिएको हो । यी सबै पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ ।

आज प्राडा ऋषिराम शर्मा, प्राडा कपिलदेव लामिछाने, प्राडा कविता लामा, प्रा केशव सुवेदी, प्राडा कृष्णराज घतानी, प्रा खेमराज जोशी (मरणोपरान्त), प्राडा चक्रपाणि खनाल, प्राडा चूडामणि बन्धु, प्राडा जङ्गब चौहान, डा टेकबहादुर छेत्री, प्राडा दयाराम श्रेष्ठ, प्राडा दिवाकर प्रधान, डा दैवकीदेवी तिम्सिना, प्राडा पुष्प शर्मा, प्राडा भरतकुमार भट्टराई, प्राडा महादेव अवस्थी, डा रजनी काफ्ले ढकाल, डा राजकुमार क्षत्री, प्राडा लक्ष्मणप्रसाद गौतम, प्राडा लेखप्रसाद निरौला, प्रा शिवगोपाल रिसाल, डा साधना पन्त ‘प्रतीक्षा’, डा हर्कबहादुर शाही र संयुक्त रूपमा डा सञ्जय राई तथा डा अरुणा राई पुरस्कृत हुनुभएको छ ।

समारोहमा प्राडा त्रिपाठीले डा अम्बिका अर्याल र डा त्रिभुवन बरईंलाई जनही रु पच्चिस पच्चिस हजार राशिको नइ कपिल प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको थियो ।

साथै ‘नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनको उचाइ अभिवृद्धिका लागि अहोरात्र समर्पित भई ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ नामक बृहत् ग्रन्थका साथै अन्य विविध सामग्रीहरूको प्रेस सम्पादन कार्यमा अविस्मरणीय योगदान पुर्‍याएबापत आयुष्मान शाक्य, लवप्रसाद भण्डारी र सुमन कार्कीलाई जनही रु दश दश हजार राशिसहित ‘नइ सेवा पुरस्कार’ प्रदान गरिएको छ ।

नइ एकेडेमीका कुलपति प्रसाईंको सभापतित्वमा सञ्चालित सो समारोहमा समालोचक प्राडा वासुदेव त्रिपाठीलगायत नेपाली भाषासाहित्यमा विद्यावारिधि गरेका २४ जना प्रतिनिधि प्राध्यापक र सम्मेलनका संयोजक प्राडा महादेव अवस्थी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईंले सम्मेलका उपलब्धिका बारेमा प्रकाश पार्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन