सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नेपालको परराष्ट्र नीति र बाह्यसम्बन्धबारे पुस्तक सार्वजनिक

२०८३ बैसाख २३, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २३ वैशाखः पूर्वराजदूत यज्ञबहादुर हमालद्वारा लिखित नेपालको परराष्ट्र नीति र बाह्यसम्बन्धबारे अध्ययनमूलक पुस्तक ‘नेपाल्स फरेन पोलिसी एन्ड फरेन रिलेसन्स’ सार्वजनिक भएको छ । उक्त कृतिमा नेपालको परराष्ट्र नीति र कूटनीतिक अभ्यासलाई ऐतिहासिकदेखि समसामयिक आयामसम्म समग्र रूपमा विश्लेषण गरिएको छ ।

पुस्तकमा नेपालको परराष्ट्र सम्बन्धको प्रारम्भ प्राचीन तथा मध्यकालीन युगदेखि आधुनिक कालसम्म समेटिएको छ । राणा शासनकालको एकाकी नीति र सीमित समायोजन, त्यसपछिको प्रजातन्त्र उदयसँगै विश्वसँगको सम्बन्ध विस्तार, पञ्चायत कालको राष्ट्रवादी दृष्टिकोण तथा प्रजातन्त्र पुनःस्थापनापछि विकसित बहुलवादी स्वरूपलाई क्रमिक रूपमा व्याख्या गरिएको छ ।

यसका साथै देशगत सम्बन्ध, राष्ट्रिय हित, असंलग्नता र तटस्थता, राष्ट्रिय सुरक्षा, अन्तरराष्ट्रिय व्यापार, विकासका लागि बाह्य वित्त, क्षेत्रीय सहकार्य प्रवर्द्धनलगायत विषय समेटिएका छन् । अन्तरराष्ट्रिय मञ्चहरूमा नेपालको भूमिका, विश्वव्यापी समस्याहरू तथा तिनका समाधानका लागि राष्ट्रिय पहलसम्बन्धी पक्षहरू पनि पुस्तकमा समावेश गरिएका छन् ।

ऐतिहासिक स्रोत, कूटनीतिक अभ्यास र शैक्षिक दृष्टिकोणको संयोजनमार्फत पुस्तकले नेपालको बाह्य सम्बन्धको स्वतन्त्र, सन्तुलित र निष्पक्ष विश्लेषण प्रस्तुत गरेको छ । परराष्ट्र नीति निर्माण र कार्यान्वयनमा संलग्न पक्षहरूको सफलता वा असफलता उनीहरूमै निहित रहने उल्लेख गर्दै लेखकका व्यक्तिगत अनुभव र विचारहरू पनि पुस्तकमा समेटिएका छन् ।

नेपाली इतिहासकार, विदेशी लेखक, संस्थागत प्रकाशन, अनुसन्धान अध्ययन तथा अनलाइन स्रोतहरूको आधारमा तयार गरिएको उक्त कृतिमा वर्तमान तथा भविष्यका लागि उपयोगी नीति विकल्पहरू पनि प्रस्तुत गरिएको छ । व्यापक विषयवस्तु र विश्लेषणात्मक गहिराइका कारण यो पुस्तक परराष्ट्र सम्बन्ध र कूटनीतिमा रुचि राख्ने पाठक तथा अध्येताका लागि उपयोगी र सङ्ग्रहणीय कृतिका रूपमा रहने अपेक्षा गरिएको छ ।

ओम सिद्धार्थ पब्लिकेशनलद्वारा प्रकाशित ५५४ पृष्ठको उक्त पुस्तकको मूल्य रु एक हजार २५० तोकिएको छ । प्रस्तुत पुस्तक काठमाडौँका प्रमुख पुस्तक पसलहरूमा पाइने लेखक हमालले राससलाई बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन