सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

लिम्बू भाषा नै सरकारी कामकाजी

२०८३ जेठ १२, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फिक्कल (इलाम), १२ जेठः इलामको माङसेबुङ गाउँपालिकाले ‘लिम्बू भाषा’ लाई मङ्गलबारदेखि सरकारी कामकाजी भाषाका रुपमा लागू गरेको छ ।

वि.स. २०८३ वैशाख ११ गतेको ६६औँ कार्यपालिका बैठकले ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषामा कार्यान्वयनमा ल्याइएको हो ।

माङसेबुङ गाउँपालिकाले नेपालको संविधानको धारा, ३, ६, ७ (२) तथा धारा ३२ (१) ले सुनिश्चित गरेको भाषा तथा संस्कृतिसम्बन्धी मौलिक हकको कार्यान्वयन गर्ने उद्देश्यले संविधानको अनुसूची–८ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (फ) (१) बमोजिम स्थानीय तहलाई प्राप्त अधिकार प्रयोग गर्दै ‘लिम्बू भाषा’ लाई कामकाजी भाषाका रुपमा कार्यान्वयन गरिएको हो ।

कोशी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले ‘लिम्बू भाषा’ कामकाजको भाषाका रुपमा लागू भएको घोषणापत्र वाचन गरी औपचारिक रुपमा कार्यान्वयनमा ल्याएको हो ।

माङसेबुङ गाउँपालिकामा बहुसङ्ख्यक नागरिकले बोल्ने ‘लिम्बू भाषा’ (किरात सिरिजङ्गा लिपिमा लेखिने) भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयनमा ल्याइएको अध्यक्ष राईले बताउनुभयो ।

‘लिम्बू भाषा’ सरकारी कामकाजको भाषा घोषणासँगै माङसेबुङ गाउँपालिका र साम्जिक मुन्धुम आधारभूत विद्यालयबीच विद्यालय मर्मत सम्भारको योजना नेपालीसँगै ‘लिम्बू भाषा’ र ‘किरात सिरिजङ्गा लिपि’ मा लेखिएको सम्झौतापत्रमा द्विपक्षीय हस्ताक्षर गरिएको थियो ।

सम्झौतापत्रमा गाउँपालिकाका तर्फबाट निमित्त प्रमुख प्रशासीय अधिकृत बुद्धिप्रसाद खतिवडा र विद्यालयका तर्फबाट प्रधानाध्यापकको कल्पना लिम्बूले हस्ताक्षर गर्नुभयो । “यहाँको बहुसङ्ख्यक जिम्बू जातिले बोल्ने ‘लिम्बू भाषा’लाई हामीले आजदेखि माङसेबुङमा सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा ल्याएका छौँ,” अध्यक्ष राईले भन्नुभयो,

गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङले ७५३ मध्ये ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषा प्रयोगमा ल्याउने पहिलो पालिका भएको दाबी गर्नुभयो । ‘लिम्बू भाषा’ सरकारी कामकाजको भाषा लागू भएपछि सरोकारवालाहरुसमेत उत्साहित भएका छन् ।

किरात याक्थुङ चुम्लुङका केन्द्रीय सल्लाहकार मोहनसिंह थेवेले ‘लिम्बू भाषा’ कामकाजको भाषा घोषणा हुनु समग्र मातृभाषीहरुको लागि खुसीको खबर रहेको प्रतिक्रिया दिनुभयो ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार १६ हजार ८१० जनसङ्ख्या रहेको माङसेबुङमा ४२.८३ प्रतिशत लिम्बू र ३३.६ प्रतिशत राई जातिको बसोबास छ । जातीय र भाषिक बाहुल्यताका आधारमा माङसेबुङले विसं २०७५ साल मङ्सिर १३ देखि ५ नं वडा कार्यालयमा ‘लिम्बू भाषा’ लाई कामकाजी भाषाका रुपमा घोषणा गरी लागू गरिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन