सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

चित्रकलामा मध्यपुरका सम्पदा

२०८३ जेठ २३, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २३ जेठ: मध्यपुरथिमिको संस्कृति र सम्पदाको संरक्षणका लागि आजदेखि यहाँ ‘चित्रकलामा मध्यपुरका सम्पदाहरू’ कार्यक्रम सुरु भएको छ । मध्यपुरथिमि नगरपालिका–८ बोडेको आयोजना तथा एमेजिङ आर्ट एण्ड ट्रेनिङ सेन्टरको संयोजनमा उक्त कार्यक्रम सुरु भएको हो । शनिबारीय स्थलगत चित्रकला कार्यशाला अभियानको सहकार्यमा आज यहाँ एक समारोहबीच कार्यक्रमको सुरुआत गरिएको छ ।

यहाँका सम्पदालाई २५ जना कलाकारले चित्रमा उतार्दै छन् । वडाध्यक्ष रमेश थापा श्रेष्ठले यस्ता चित्रले पछिल्लो पुस्तालाई ज्ञान हस्तान्तरण गरी हराएका सम्पदा पुनःनिर्माणका लागि सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ यहाँका भौतिक र अभौतिक सम्पदा, एक÷दुई सय वर्षअघि बनाएको यो वस्ती निकै सुन्दर र व्यवस्थित छन् । ठाउँ ठाउँमा पार्टी, मन्दिर छन् । खुला स्थान बनाइएको छ । आर्किटेक्टका रूपमा हेर्दा राम्रो छ । यति सुन्दर क्षेत्रलाई पर्यटकीय रूपमा अघि बढाउनुपर्छ भनेर लागेका छौँ ।”

वडाध्यक्ष श्रेष्ठले चित्रलाई बुकलेटका रूपमा प्रचारप्रसार गर्न उपयोग गरिने र सङ्ग्रहालयमा राख्ने सोच रहेको बताउनुभयो ।

कार्यक्रमका संयोजक जुजुभाई बाँस श्रेष्ठले चित्रमार्फत मध्यपुर थिमिका संस्कृति र सम्पदाको संरक्षण गर्ने उद्देश्य रहेको बताउनुभयो । उहाँले एक सय वर्षपछि चित्र हेरेर पुरानो सम्पदा यस्तो रहेछ भन्ने थाहा पाइने र सोहीअनुसार सम्पदा निर्माण गर्न यसको महत्त्व रहेको बताउनुभयो ।

शनिबारीय स्थलगत चित्रकला कार्यशाला अभियानका सचिव दिवेश प्रधानले उक्त कार्यक्रममा २५ जना कलाकार सहभागी भएको जानकारी दिनुभयो । उहाँका अनुसार बोडेका सात, नगदेशका एक र थिमिका १२ गरी २० सम्पदा क्षेत्र र पाँच वटा अभौतिक सम्पदा नाच तथा जात्राबारे चित्र सिर्जना हुनेछन् । ती चित्र सङ्ग्रहालयमा राख्न सकिने र पुस्तकका रूपमा समेत संरक्षण गर्न सकिने उहाँले बताउनुभयो ।

कलाकारले चित्रमार्फत दस्तावेजीकरणको भूमिका खेल्न सक्ने भएकाले विगत आठ वर्षदेखि यो अभियान जारी रहेको जनाइएको छ । चित्र निर्माण भएपछि अर्काे शनिबार यहाँ चित्रकला प्रदर्शनी हुने छ ।

वडा नं ८ का सचिव रञ्जन प्रजापतिले मध्यपुर कला संस्कृतिको धनी भए पनि दस्तावेजीकरण हुन नसकेकाले कलाकारको सहयोगमा चित्रमार्फत संरक्षण प्रयास थालिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन