सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

साहित्यकार पाण्डेयको उपन्यास ‘श्रीमती’माथि समीक्षा

२०८३ असार २८, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन डिसी (अमेरिका), २८ असारः अमेरिकामा बस्दै आउनुभएका लेखक तथा साहित्यकार तीर्थराज पाण्डेयद्वारा लिखित उपन्यास ‘श्रीमती’माथि समीक्षा गरिएको छ ।

दुई सय १३आँै भानुजयन्तीको अवसरमा ‘स्टार स्कलर्स नेटवर्क अमेरिका’ले आयोजना गरेको कार्यक्रमका सहभागी वक्ताहरुले श्रीमती उपन्यासले सामाजिक संरचनामा श्रीमतीको भूमिकामाथि बहस सृजना गरेको बताउनुभयो । कार्यक्रममा मेरिल्याण्ड राज्यका राज्य सांसद डा हयारी भण्डारीले श्रीमती उपन्यासले नेपाल र प्रवासको बहुआयामिक पाटोको बारेमा समेटेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “उपन्यासमा विभिन्न पात्रहरुले सूदूरपश्चिमको जनजीवनलाई राम्रोसँग व्याख्या गर्दै स्थानीय भाषा, संस्कृतिको विषयमा चर्चा गरिएको छ । यो पुस्तकले जन्मभूमिमा भोगिने भोगाइ र त्यसपछि प्रवासमा भोगिने भोगाइलाई श्रीमती र श्रीमान्को सहकार्यमार्फत कसरी सफलता प्राप्त गर्न सकिन्छ भन्ने तथ्यलाई राम्रोसँग उजागर गरेको छ ।”

साहित्यकार तथा पत्रकार मधुकर अधिकारीले श्रीमती उपन्यास पछिल्लो समयमा लेखिएका प्रवासको साहित्यमा उत्कृष्ट नमूना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “उपन्यासकारले समाजको संरचनागत कार्यात्मकतालाई श्रीमती उपन्यासमा पात्रमार्फत बहुआयामिक पाटो खोतल्नुभएको छ ।”

मोर्गन स्टेट युनिभर्सिटीका प्रा कृष्ण विष्टले उपन्यासकारले यस उपन्यासमार्फत समाजको संरचनामा श्रीमतीको भूमिकाबारे चर्चा गरेको बताउनुभयो । स्टार स्कलर्सका अध्यक्ष प्रा डा उत्तम गौली, डा दीपक कोइराला, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलगायतले उपन्यासका विविध पाटोको बारेमा चर्चा गर्नुभएको थियो ।

पुस्तकका लेखक तथा साहित्यकार पाण्डेयले किताब प्रकाशनको बारेमा जानकारी दिनुभयो । अनेसास मेरिल्याण्ड च्याप्टरकी अध्यक्ष पूजा चन्द, अनेसास विओटीका महासचिव प्रकाश नेपाल, साहित्यकार सीता पाण्डे, डिसी च्याप्टरका अध्यक्ष नीलकण्ठ सुवेदी, पशुपति वञ्जाडे, अर्जुन हमाल, दमन विक्रम शाहलगायतले पुस्तकमाथि टिप्पणी गर्नुभएको थियो ।

दोस्रो पुस्ताका सलोना भण्डारी, प्रज्ज्वल श्रेष्ठ, स्वर्णिम त्रिपाठी, मलिना छन्त्याल र सहिसा छन्त्यालले पुस्तकबारे आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा साहित्यकार, लेखक, कवि तथा साहित्यका अनुरागीको बाक्लो उपस्थिति रहेको थियो । श्रीमती उपन्यास सामाजिक विषयमा लेखिएको छ । यसका मुख्य पात्र वितुर र धिमही नेपालको सूदूरपश्चिममा जन्मिएर हुर्किएर कोरिया, जापान हुँदै अमेरिका पुगेर बस्दा श्रीमान् र श्रीमतीबीच पारस्परिक सम्बन्धले सफलता हासिल गरेको घटनाको व्याख्या गरिएको छ । यसलाई ‘स्टार स्कलर्स’ले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन