सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

राष्ट्रकवि ‘माधव घिमिरे पुरस्कार’ वरिष्ठ गीतकार कालिप्रसाद रिजाललाई

२०८३ असोज ५, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ५ असोजः राष्ट्रकवि माधवप्रसाद घिमिरेका नाममा स्थापित यस वर्षको ‘माधव घिमिरे पुरस्कार’ वरिष्ठ गीतकार कालिप्रसाद रिजाललाई प्रदान गरिने भएको छ ।

नेपाली भाषा, कला, साहित्य, संस्कृति र ज्ञानविज्ञानको उन्नयनका लागि विसं २०५३ मा स्थापना गरिएको मस्र्याङ्दी वाङ्गमय प्रतिष्ठानले उक्त पुरस्कार वरिष्ठ गीतकार रिजाललाई प्रदान गर्न लागेको हो ।

उक्त पुरस्कारको राशि रु एक लाख र ताम्रपत्र रहेको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेकी धर्मपत्नी महाकाली घिमिरे, सुपुत्रद्वय स्वर्गीय इन्दिवर घिमिरे र राजिव घिमिरेद्वारा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको कोषमा रहने गरी रु २७ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । उक्त अक्षयकोषबाट आउने वार्षिक ब्याजबाट हरेक वर्ष पुरस्कार प्रदान गरिँदै आएको छ ।

नेपाली साहित्य र सङ्गीत क्षेत्रमा एक विशिष्ट व्यक्तित्वका रूपमा परिचित रिजालले नारायणगोपालले गाएको चर्चित गीत ‘केही मिठो बात गर…’ जस्ता प्रख्यात गीत सिर्जना गर्नुभएको छ ।

नेपाली साहित्यमा पु¥याएको योगदानका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानबाट विभिन्न वर्षमा कवि रिजालले उत्कृष्ट सर्जकको पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँले पहलमानसिंह स्वाँर स्मृति पुरस्कार तथा वानीरा प्रज्ञा पुरस्कार पनि प्राप्त गर्नुभएको छ ।

उक्त पुरस्कार राष्ट्रकवि घिमिरेको जन्मजयन्तीको अवसर यही असोज ७ गते प्रदान गरिने प्रतिष्ठानका सचिव अन्जना पौडेलले जानकारी दिनुभयो ।

अक्षयकोष स्थापना गरेसँगै पुरस्कार छनोटका लागि प्रतिष्ठानले तीन सदस्यीय समिति बनाएको थियो ।

प्रतिष्ठानका अध्यक्ष एवम् वरिष्ठ साहित्यकार विजयराज न्यौपानेको संयोजकत्वमा गठित समितिको सदस्यमा विज्ञका तर्फबाट प्राडा सनतकुमार वस्ती र दाताका तर्फबाट डा हेमाङ्गराज अधिकारी सदस्य हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन