सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

प्रज्ञान ओझाको काँधमा भारतीय टोली छनोटको जिम्मेवारी

२०८३ कार्तिक ३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । भारतीय क्रिकेट नियन्त्रण बोर्डले पुरुष क्रिकेट टोलीको छनोट समितिमा फेरबदल गर्दै पूर्वक्रिकेटर प्रज्ञान ओझालाई अध्यक्ष बनाएको छ । पूर्वक्रिकेटर रमेश पोवारलाई पनि समितिको सदस्यमा नियुक्त गरिएको छ। ओझाले अजित अगरकरको स्थान लिएका छन् ।

भारतीय क्रिकेट नियन्त्रण बोर्डका अनुसार, सबैभन्दा बढी टेस्ट खेल खेलेको आधारमा ओझाले छनोट समितिको अध्यक्षता गर्नेछन् । नयाँ समितिमा ओझासहित शिव सुन्दर दास, आरपी सिंह, अजय रात्रा र रमेश पोवार रहनेछन् ।

छनोट समितिको सदस्य नियुक्तिका लागि बोर्डको क्रिकेट सल्लाहकार समितिमा रहेका अशोक मल्होत्रा र जतिन पराञ्जपेले प्रक्रिया पूरा गरेका थिए । उनीहरूले बोर्डको मुख्यालयमा आवेदकहरूको छनोट र अन्तर्वार्ता लिएपछि पोवारको नाम सर्वसम्मत रूपमा सिफारिस गरेका थिए ।

प्रज्ञान ओझाले भारतका लागि २४ टेस्ट, १८ एकदिवसीय र ६ अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेल खेलेका छन् । उनले टेस्टमा ११३, एकदिवसीयमा २१ र अन्तर्राष्ट्रिय ट्वान्टी–२० मा १० विकेट लिएका छन् ।

टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन ४७ रन दिएर ६ विकेट लिनु हो । त्यस्तै, एकदिवसीयमा ३८ रन दिएर ४ विकेट र अन्तर्राष्ट्रिय ट्वान्टी–२० मा २१ रन दिएर ४ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन हो ।

रमेश पोवारले भारतका लागि दुई टेस्ट र ३१ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । खेल जीवनबाट संन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा पनि काम गरेका छन् । उनले भारतीय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकका साथै मुम्बई र गुजरातका टोलीसँग काम गरेका थिए। भारतीय क्रिकेट नियन्त्रण बोर्डको उत्कृष्टता केन्द्रमा बलिङ प्रशिक्षकको जिम्मेवारीसमेत सम्हालेका थिए । महिला टोलीको मुख्य प्रशिक्षक रहँदा उनको नेतृत्वमा भारतले एसिया कपको उपाधि जितेको थियो। त्यस्तै, राष्ट्रमण्डल खेलकुदमा रजत पदक हासिल गरेको थियो ।

भारतीय क्रिकेट नियन्त्रण बोर्डले निवर्तमान छनोट समिति अध्यक्ष अजित अगरकरको योगदानको पनि प्रशंसा गरेको छ । सन् २०२३ जुलाईमा अध्यक्ष नियुक्त भएका अगरकरको कार्यकालमा भारतले तीन अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का उपाधि, दुई एसिया कप र लगातार दुई एसियाली खेलकुदमा स्वर्ण पदक जितेको बोर्डले जनाएको छ ।

अब नयाँ छनोट समितिले भारतीय पुरुष टोलीका लागि खेलाडी छनोट र टोलीको संयोजनसम्बन्धी निर्णय गर्नेछ। आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गर्नु समितिको प्रमुख जिम्मेवारी हुनेछ । नयाँ अध्यक्ष ओझाको पहिलो जिम्मेवारी नेपाल भ्रमण गर्ने भारत ‘ए’ टोलीको छनोट हुन सक्नेछ । त्यसपछि डिसेम्बरमा श्रीलंकाविरुद्ध हुने तीन एकदिवसीय र तीन अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलको शृङ्खलाका लागि पनि उनले खेलाडी छनोट गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दीपेश महतले जिते विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि

मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)

एनपीएलको फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

एनपिएल : चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

आइपिएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

डेफ फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान