सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

जमरा शिरमा लगाउने मात्रै होइन, आयुर्वेदले भन्छ- ‘सुपरफुड’ पनि हो

२०८३ कार्तिक ५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडाैं, ५ कातिक । बडादसैँको पवित्र अवसरमा घरघरमा जमरा राख्ने र विजया दशमीको दिन मान्यजनको हातबाट टीकासँगै जमरा लगाउने गरिन्छ। यसको धार्मिक, सांस्कृतिक मात्रै हाेइन, वैज्ञानिक महत्त्व र स्वास्थ्यगत फाइदाहरू पनि रहेका छन ।

जमरालाई माता दुर्गा भवानीको प्रसाद र उनको स्वरूपको रूपमा लिइन्छ। घटस्थापनाका दिन कलश स्थापना गरी राखिने जमरामा नवदुर्गाको शक्ति आवाहन गरिएको हुन्छ। हरिया जमरालाई जीवनमा हरियाली, सुख, शान्ति, समृद्धि र आरोग्यको प्रतीक मानिन्छ। दसैँ पर्व प्रकृति, कृषि र वनस्पतिसँग गहिरो रूपमा जोडिएको छ। नयाँ अन्न (यव वा जौ) लाई अङ्कुरित गरेर प्रसादको रूपमा ग्रहण गर्नु प्रकृतिको पूजा र कृतज्ञता प्रकट गर्नु हो।

जमराको सेवनले स्वास्थ्यमा हुने फाइदाहरू

जौको जमरालाई आयुर्वेदमा एक प्रकारको ‘सुपरफुड’ मानिन्छ। यसको रस वा सेवनले स्वास्थ्यलाई धेरै किसिमले फाइदा पुर्‍याउँछ ।

प्रचुर मात्रामा क्लोरोफिल: जमरामा क्लोरोफिल उच्च मात्रामा पाइन्छ, जसले रगत सफा गर्न र शरीरमा अक्सिजनको मात्रा बढाउन मद्दत गर्छ।

रोग प्रतिरोधात्मक क्षमता : यसमा पाइने भिटामिन (ए, सी, ई, के), एन्टिअक्सिडेन्ट र मिनरल्सले शरीरको इ्युन सिस्टमलाई बलियो बनाउँछ।

पाचन प्रणालीमा सुधार: जमराको रस वा यसको नियमित सेवनले पेटको ग्यास्ट्रिक, अपच र कब्जियत जस्ता समस्याहरूलाई कम गर्न सहयोग गर्छ।

डिटोक्सिफिकेसन: यसले शरीरमा जम्मा भएका विषालु पदार्थलाई बाहिर निकाल्न मद्दत गर्दछ।

मधुमेह र रक्तचाप नियन्त्रण: जमराको नियमित सेवनले रगतमा चिनीको मात्रा र उच्च रक्तचापलाई नियन्त्रणमा राख्न सघाउ पुर्‍याउँछ।

दसैँमा टीकासँगै लगाइने जमरा केवल धार्मिक आस्थाको विषय मात्र नभई यो शारीरिक स्वास्थ्यका लागि समेत अत्यन्त गुणकारी र लाभदायक मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

चिसाेयाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

भित्तामा कोरिएका पेन्सिलका दागहरू यसरी हटाउनुहाेस् सजिलै

मासु खाएपछि अपच भयो? अपनाउनुहोस् यी घरेलु उपाय

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस्

बच्चासँग भुलेर पनि नगर्नुस् यस्ता गल्ती

शाकाहारीहरूले दसैँ कसरी मनाउने ? बिस्तृतमा जान्नुहाेस्

घाम ताप्नु न्यानो हुनु मात्रै होइन, स्वास्थ्यका लागि छन् अनेकौँ फाइदा

बिहानै हिँड्दा हुन्छ यी १० चमत्कारिक फाइदा

अमेरिकी राष्ट्रपति ट्रम्पलाई तनाव दिइरहेका यी ६ इरानी टापुहरू

विपद्‌का बेला मानसिक रूपमा कसरी बलियो बन्ने? जान्नुहाेस्