सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन

२०८३ कार्तिक ९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जुम्ला। जुम्लामा पहिलोपटक ‘सीमान्त साहित्य सम्मेलन’ आयोजना गरिएको छ।

आयोजक कुटीरो रिसर्च सेन्टरका अनुसार कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबार जुम्ला एयरपोर्टस्थित होटल कान्जिरुवामा आयोजित एकदिने सम्मेलन गरिएकाे हाे।सम्मेलनको पहिलो संस्करणको उद्घाटन कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईंले गरेका छन्। सम्मेलनमा देशका विभिन्न जिल्लाबाट साहित्यकार, स्रष्टा, कलाकार, अनुसन्धानकर्ता तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको छ।

सम्मेलनमार्फत सीमान्त समुदायका सिर्जना, भाषा, साहित्य, संस्कृति तथा पहिचानलाई राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

सम्मेलनमा साहित्यिक बहस, कविता वाचन, पुस्तक विमोचन, सांस्कृतिक प्रस्तुति, अनुभव आदान–प्रदान तथा सिर्जनात्मक अन्तरक्रियालगायत विविध कार्यक्रम सञ्चालन भइरहेका छन्।

कुटीरो रिसर्च सेन्टर, जुम्लाले साहित्य, कला र संस्कृतिप्रति चासो राख्ने सम्पूर्ण सरोकारवाला तथा साहित्यप्रेमीलाई होटल कान्जिरुवा, जुम्लामा सञ्चालन भइरहेको सम्मेलनमा सहभागी भई कार्यक्रमको गरिमा बढाइदिन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक