सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

२०८३ कार्तिक १०, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दमौली (तनहुँ), १० कात्तिकः दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गर्नुभएको छ ।

वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढिरहेका बेला उहाँहरुले भने स्वदेशमानै केही गर्ने अठोटका साथ पूmलखेती सुरु गर्नुभएको छ ।

व्यास नगरपालिका–४ सिमलटारमा स्थानीय गगनसिंह बस्नेत र लक्ष्य अधिकारीले दुई रोपनी जग्गामा सयपत्री फूलखेती गरेर स्थानीयस्तरमै सम्भावना खोज्ने प्रयास गर्नुभएको हो ।

तिहार नजिकिँदै गर्दा सिमलटारको खेतमा सयपत्री फूल ढकमक्क फुल्न थालेका छन् । पहेँलपुर फूलले खेतको दृश्य आकर्षक बनेको छ भने दुई युवालाई आफ्नो मेहनतको प्रतिफल बजारमा पु¥याउने चाहना छ । उहाँहरूको उद्धेश्य फूल बेचेर आम्दानी गर्नुमा मात्रै सीमित छैन, स्थानीय उत्पादनको प्रयोग बढाउनु र बाहिरबाट आउने फूलको निर्भरता घटाउन सन्देश दिनु पनि हो । बस्नेत र अधिकारीले खाली रहेको जग्गाको सदुपयोग गर्दै पहिलोपटक सयपत्री फूलखेती सुरु गर्नुभएको हो । बस्नेतले कार वास सेन्टरसमेत सञ्चालन गर्दै आउनुभएको छ । जग्गा खाली रहेको अवस्थामा त्यसलाई उपयोगी काममा लगाउने सोचले फूलखेती सुरु गरिएको बस्नेतले बताउनुभयो ।

तिहारजस्ता चाडपर्वमा फूलको माग बढ्ने भए पनि बजारमा बाहिरबाट ल्याइएका फूलको प्रयोग हुने गरेको देखेपछि स्थानीयस्तरमै फूल उत्पादन गर्ने सोच आएको बस्नेतको भनाइ छ । आफ्नै ठाउँमा फूल उत्पादन गर्न सकिने सम्भावना देखेर पहिलोपटक खेती सुरु गरेको उहाँले उल्लेख गर्नुभयो । “बाहिरबाट फूल आउने गरेको देख्यौँ । हाम्रो ठाउँमा पनि फूल उत्पादन गर्न सकिन्छ भन्ने लाग्यो”, बस्नेतले भन्नुभयो, “बाहिरबाट आउने फूलको सट्टा स्थानीयस्तरमै उत्पादन भएको फूल प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिन पनि हामीले खेती सुरु गरेका हौँ ।”

दुई रोपनी जग्गामा गरिएको खेतीबाट प्राप्त हुने उत्पादन र बजारको माग हेरेर आगामी दिनमा खेती विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ । पहिलो प्रयास सफल हुँदै गएमा थप जग्गामा सयपत्री फूलखेती गर्ने उहाँले बताउनुभयो । यसले खाली जग्गाको उपयोग हुनुका साथै स्थानीयस्तरमा रोजगारी र आम्दानीको अवसरसमेत सिर्जना गर्न सक्ने उहाँको अपेक्षा छ । तिहारमा घर, मठमन्दिर र विभिन्न स्थान सजाउन सयपत्री फूलको प्रयोग गरिदै आएको छ । यो समयमा फूलको माग बढ्ने भएकाले स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन सके किसान तथा उद्यमीलाई लाभ पुग्ने सम्भावना हुन्छ ।

स्थानीयस्तरमा फूल उत्पादन र उपभोग बढाउन सके बाहिरबाट ल्याइने फूलमाथिको निर्भरता कम गर्न सहयोग पुग्ने बस्नेतले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृत्यु

खलामा धान भर्दै स्थानीय सरकार

प्राङ्गारिक खेती गर्न ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ

गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै

खहरेमा पुल निर्माण सुरु

कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण

बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

दुई महिनादेखि खत्याड–रारा सडक अझै अवरुद्ध

काठमाडौंका यी क्षेत्रमा आज र भोलि ५ घण्टा विद्युत् अवरुद्ध हुने

सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द

नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने